सरकारी ढुकुटीबाट पारिश्रमिक लिने व्यक्ति सहकारीको सञ्चालक बन्न नपाइने


गुल्मी । सरकारी ढुकुटीबाट पारिश्रमिक लिने व्यक्ति सहकारीको सञ्चालक समितिमा बस्न नपाइने भएको छ । रेसुङ्गा नगरपालिकाले हालै जारी गरेको सहकारी ऐन अनुसार जनप्रतिनिधि, निजमामति कर्मचारी, शिक्षक लगायत अन्य सरकारी ढुकुटीबाट पारिश्रमिक पाउने जोकोही पनि सहकारीको सञ्चालक तथा पदाधिकारीमा बस्न रोक लगाइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले रेसुङ्गा नगरपालिकाको सहकारी ऐन २०७५ को दफा ३० को उपदफा ५ मा सरकारी ढुकुटीबाट पारिश्रमिक पाउने जनप्रतिनिधि, निजामति कर्मचारी, शिक्षक लगायत अन्य सरकारी कर्मचारी सहकारीको सञ्चालक बस्न नपाउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले उक्त व्यवस्था कार्यान्वयन नभएको भन्दै यथाशिर्घ कार्यान्वयनमा जान सरोकारवाला निकायलाइ निर्देशन समेत दिनुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी शुक्रबार, माघ २
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न