जाली नोट पहिचान तथा हस्ताक्षर जांच तालिम सम्पन्न


दमौली । राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाको आयोजनामा १ दिने जाली नोट पहिचान तथा हस्ताक्षर जांच तालिम सम्पन्न भएको छ ।

तालिम कार्यक्रम समापनको सभापतित्व तनहूँ शाखा समन्वय उप समितिका संयोजक अमर बहादुर कुंवर तथा जिल्ला सहकारी संघ तनहूँका अध्क्षय प्रसाद भट्टराईको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका सचिव मदन पंडित साथै बचत सहकारी संघका अध्क्षय देवी बहादुर बस्नेतको विशेष उपस्तिथि रहेको थियो ।

दमौली शाखा प्रमुख उपेन्द्र दाहालको सञ्चालनमा पत्रकार महासंघ तनहूँको सभाकक्षमा सन्चालित तालिम कार्यक्रममा तनहूँ आसपासका ३७ सदस्य संघसंस्थाका ३९ जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

उक्त तालिम कार्यक्रमलाई तालिम बिभाग कर्मचारी बरिष्ठ अधिकृत मिना कुमारी शर्माले प्रशिक्षण प्रदान गर्दै आगामी दिनहरुमा समेत सदस्य संस्थाहरुको आवश्यकता अनुसारका तालिम कार्यक्रम संचालन गर्ने जानकारी गराउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको