हंसको नवौं वार्षिकोत्सव सम्पन्न


काठमाडौं । हंस बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिकोउत्सव सम्पन्न भएको छ । सो अवसरमा खुल्ला रक्तदान एवं सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा ६ जना महिला र २० जना पुरुष गरी २६ जनाले रक्तदान गरेका थिए । शेयर सदस्य एवं कर्मचारीहरुकोे मनोबल उच्च बनाउन विभिन्न विधामा ३८ जना र संस्थाले आयोजना गरेका विभिन्न समाजिक कार्यक्रमहरुमा सहयोग पु¥याउने पाँछवटा सहयोगी संस्थालाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतमा सम्पन्न कार्यक्रमा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले हंस सहकारीले रचनात्मक काम गरेको बताए ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तेजेन्द्र खड्का, जिल्ला सहकारी संघ चितवनका सदस्य भक्तीराम अधिकारी, भरतपुर महानगरपालिकाका वडा नं १ का अध्यक्ष जयराम श्रेष्ठ, वडा नं ३ का अध्यक्ष चन्द्रमित्र पण्डित, जिल्ला बहुउदेश्यीय सहकारी संघका सदस्य मदन खरेलले हंस सहकारीले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रमको संचालक सदस्य शारदा शर्मा पौडेलले संचालन गरेकी थिइन् भने संचालक सदस्य प्रा.डा. होमनाथ सापकोटाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा रगत संकलनको लागि रक्त संचार केन्द्र भरतपुरको चार जनाको प्राविधिक टोलीले सहयोग पु¥याएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न