पर्यटन प्रवद्र्धनमा सहकारी


सेवामूलक र उत्पादनमूलक क्षेत्रका सहकारीले संघमार्फत आफ्नो विषयगत क्षेत्रलाई प्रवद्र्धन गर्न थालेका छन् ।

तुलसी सुवेदी

नुुुुवाकोट ।  स्थानीय पर्यटन प्रवद्र्धनका लागि सहकारीसमेत जुुट्न थालेका छन् । सरकारले बचत तथा ऋण सहकारी र बहुुउद्देश्यीय सहकारीलाई कडाइ गरेपछि उत्पादन, सेवामूलक विषयगत सहकारी सहकारिताको सिद्धान्तमा सञ्चालन भइरहेका छन् । सेवामूलक र उत्पादनमूलक क्षेत्रका सहकारीले संघमार्फत आफ्नो विषयगत क्षेत्रलाई प्रवद्र्धन गर्न थालेका छन् ।

 

यसको पछिल्लो उदाहरण हो, नुुवाकोट जिल्लामा रहेको हिमनदी पर्यटन सहकारी संस्था । यस सहकारी संस्थाले नुुुुवाकोट चिनाउने अभियान थालेको छ । काठमाडौं उपत्यकालाई लक्ष्य गरी नुुुुवाकोटको पर्यटन चिनाउने अभियान थालेको हो ।

 

संस्थाका अध्यक्ष कुुुुसुुुुम कार्कीले काठमाडौं उपत्यकाका सहकारी संस्था, गैरसरकारी संस्था,कलेजलगायत लक्ष्य गरी नुुुुवाकोटको पर्यटन क्षेत्र चिनाउने अभियान थालेको जानकारी दिए । ‘काठमाडौंबाटै पर्यटक लिएर नुुुुवाकोट जाने र पर्यटनका गन्तव्य क्षेत्र घुुुुमाउने योजना छ’, उनले भने ।

अध्यक्ष कार्कीले सबै सरोकारवाला निकायसँग छलफल गरी नुुुुवाकोटका पर्यटकीय गन्तव्य क्षेत्र पहिचान गर्न लागिएको जानकारी दिए । संघीय, प्रदेश सांसद एवम् जिल्लास्तरका उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गरी नुुुुवाकोटका गन्तव्य क्षेत्र पहिचान गर्न लागिएको उनको भनाइ छ ।

 

संस्थाका प्रबन्ध निर्देशक राममणि अधिकारीले संस्थाले टुुुुर प्याकेज सञ्चालनको तयारी गरेको जानकारी दिए । ‘हामीले दुुुुई रात, तीन दिनको टुुुुर प्याकेज सञ्चालन गर्ने तयारी गरेका छौं’, उनले भने ।

नुुुुवकोटमा ऐतिहासिक ५५ तले दरबार, नुुुुवाकोट मन्दिर, पृथ्वीवनारायण शाहको सालिक, पावर हाउस, बेल्कोट गडी, चिम्टेश्वर, कफी बजार, झिल्टुुुुङ, उत्तरगया, चारधामलगायत पर्यटकीय क्षेत्र छन् । ‘यी सबै पर्यटकीय क्षेत्रलाई समेट्ने गरी टुुुुर प्याजेक सञ्चालन गर्न लागेका हौं’, उनले भने । सडक समस्याका कारण पर्यटकीय क्षेत्र ओझेल परेको उनको भनाइ छ । सडक राम्रो भएमा काठमाडौंबाट नुुुुवाकोट दुुुुई घण्टामा पुुुुगिन्छ ।

संस्थाले टुुुुर प्याकेज कार्यान्वयनमा ल्याउने जनाएको छ । टुुुुर प्याकेजले पर्यटकीय क्षेत्रको प्रवद्र्वन हुुुुने अधिकारीले जानकारी दिए । ओझेलमा परेका ऐतिहासिक दरबार, मन्दिरलगायतको प्रचार प्रसार गरी आन्तरिक पर्यटक बढीभन्दा बढी भिœयाउने संस्थाको योजना छ । नुुुुवाकोटमा विदेशी पर्यटक पनि जाने क्रम बढ्दै गएको छ ।

संस्थाका अध्यक्ष कार्कीले ३३ कोठे होटल अपुुुुग भएको भन्दै छिट्टै ६० कोठे नयाँ होटल बनाउन लागिएको जानकारी दिए । होटल छेउमै नयाँ बिल्डिङ बनाउनका लागि संस्थाले ३६ आनाको जग्गा खरिद गरिसकेको छ ।


संस्थाले नजिकै रहेको जग्गा भाडामा लिएर सेमिनार हल निर्माणको तयारी गरेको अध्यक्ष कार्कीले जानकारी दिए । उनले, ‘सेमिनार हलसँगै हाउस स्वीमिङ पुुुुल पनि बनाउछौं’, उनले भने । संस्थाले नुुुुवाकोटको पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यले २०७२ सालदेखि बट्टारमा १५ करोड लागतमा ‘वाटर टावर होटल’ सञ्चालनमा ल्याएको छ । यो नुुुुवाकोटकै सुुुुविधासम्पन्न होटल मानिन्छ ।

होटलमा राष्ट्रिय सहकारी बैंकले सात करोडभन्दा बढी ऋण प्रदान गरेको छ । संस्थाका प्रबन्ध निर्देशक अधिकारीले होटलबाट वार्षिक ३५ लाखदेखि ४० लाख रुपैयाँको कारोबार हँुुुुदै आएको जानकारी दिए । ‘सहकारीमार्फत पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएका हौं’, उनले भने ।

सहकारीमार्फत होटल सञ्चालनमा आएपछि पर्यटकीय क्षेत्रको आकर्षण बढ्दै गएको उनको भनाइ छ । ‘होटलले पिकअप लिँदै छ, ‘उनले भने,‘ नुुुुवाकोट जिल्लाकै नमुना र उत्कृष्ट होटलमा स्थापित गराउन पाउँदा खुुुुसी छौं ।’

सहकारीका एक सय ६१ जना सदस्य छन् । उनीहरूले दुुुुई लाखदेखि १६ लाखसम्म लगानी गरी होटल सञ्चालनमा ल्याएका हुुुुन् । धेरै जसो सदस्यले तीन लाख रुपैयाँ लगानी गरेका छन् । होटलमा २७ जनालाई रोजगारी दिएको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम