जिल्ला बचत संघ सर्लाहीमा घिमिरे निर्वाचित


-डुकुप्रसाद कोईराला-

सर्लाही । जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीको अध्यक्षमा पुनः बाबुराम घिमिरे निर्वाचित भएका छन् । हरिपुर स्थित शिवशक्ति साकोसको सभाहलमा घिमिरेकै अध्यक्षतामा भएको नवौ साधारण सभाले घिमिरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
साधारण सभाले संघको जिल्ला उपाध्यक्षमा हरेन्द्र राउत, सचिवमा जवाहारलाल कुशवाहा, कोषाध्यक्षमा मन्दिरा आचार्यलाई सर्र्व सम्मत चयन गरेको हो । त्यस्तै सदस्यहरुमा लालबाबु महतो, सुभद्रा महतो, रेखा जोशी, झगरु साह र पंचु महतो सर्वसम्मत चयन भएका छन् । त्यस्तै संघको साधारण सभाले संघको तीन÷तीन सदस्यीय लेखा समिति र ऋण समिति समेत चयन गरेको छ । भरत साह संयोजक रहेको लेखा समितिमा विजय कुमार साह र गंगा भण्डारी सदस्य छन् भने दयाकान्त मिश्र संयोजक रहनु भएको ऋण समितिमा धनेश्वर कुशवाहा र चेत प्रसाद तिमल्सिना सदस्य रहेका निर्वाचन मण्डलका संयोजक एवं स्वस्तिक वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बेनी बहादुर कार्कीले वताए ।
सर्लाही जिल्लाभरिका वचत तथा ऋण सहकारीहरुवीच समन्वय गर्दै विभिन्न तालिम संचालन, अन्तर ऋण लगानी लगायतका कार्य गर्दै आएको कुल शेयर पूँजी ८ लाख बढी रहेको छ भने वचत ४५ लाख बढी रहेको संघले जनाएको छ । २०६६ साल जेठ २७ गते स्थापना भएको जिल्ला वचत तथा ऋण सहकारी संघको शेयर सदस्य संख्या भने ११० रहेको संघले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी शुक्रबार, माघ २
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न