मनास्लु सहकारीले ल्यायाे तीन वर्षे कार्ययोजना


ललितपुर । मनास्लु बहुउद्देश्यीय सहकारी संस्थाले तीन वर्षे कार्ययोजना बनाएर अघि बढेको छ । १९ औं वार्षिक साधारणसभाका अवसरमा संस्थाका अध्यक्ष राजेन्द्र पौड्यालले तीन वर्षे कार्ययोजना प्रस्तुत गरेका थिए ।

संस्थाले पाँचवटा क्षेत्रगत इकाइ तयार गरेर तीन वर्षे योजना बनाएको हो । बचत तथा ऋण, कृषि तथा उपभोक्ता, उद्यमशीलता विकास, महिला तथा ज्येष्ठ नागरिक र शिक्षा, स्वास्थ्य ताथ बीमाको योजनाका साथ उनले संस्थाको ३ वर्षे रणनीतिक कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

 

साथै उनले आव २०७४/७५ को प्रगति विवरण र चालु आवको भावी योजना नीति तथा बजेट सभामा प्रस्तुत गरेका थिए । संस्थामार्फत आत्मनिर्भर बनाउन र उनीहरुको आधारभूत आवश्यकता एवं आर्थिक लक्ष्य प्राप्ति गराउन संस्था क्रियाशील भएको उनको भनाइ थियो ।

 

संस्था बहुउद्देश्यीय भएपनि अस्पष्ट सरकारी नीतिनियमका कारण बहुउद्देश्यीय परियोजनाहरु सञ्चालन गर्न नसकिएको उनले बताए । संस्थाले सदस्यहरुलाई लक्षित गरी सदस्य राहत कोष, ज्येष्ठ नागरिक सम्मान, एकल महिला तथा अपाङ्ग महिलालाई सम्मान, महिला प्रसुति खर्च जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

 

संस्थाले २०७५ आषाढ मसान्तसम्म ४ करोड ६३ लाख शेयरपूँजी, ३३ करोड ९४ लाख बचत संकलन र ३८ करोड ७६ लखा ऋण लगानी गरेको छ । संस्थामा २ हजार २४३ शेयर सदस्य आवद्ध रहेका छन् भने संस्थाको कूल सम्पत्ति ४६ करोड ७८ लाख पुगेको छ ।

 

राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटाको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सभामा ललितपुर जिल्लाका जिल्ला संघ, विषयगत संघ र स्थानीय तहका प्रतिनिधिले शुभकामना मन्तब्य दिएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम