सञ्चालक भन्छन् : ‘नेतृत्व हस्तान्तरण अहिलेको आवश्यकता’


राष्ट्रिय सहकारी बै‌ंककाे चुनावले चर्चा चुलिएकाे छ । २१ र २२ गते हुने चुनावमा अहिले वर्तमान अध्यक्ष रमेश पोखरेल र सञ्चालक केबी उप्रेती चुनावी मैदानमा उत्रिएका छन् । सहकारी तथा राजनीतिक तहमै बैं‌कको चुनावबारे बहस सुरु भएको छ । दुवै नेकपा निकट हुन् । पार्टीले अझै निर्णय गरिनसकेले दुवैले अध्यक्षकाे दावी गर्दै आएका छन् । तर बै‌ंकका सञ्चालक भने नेतृत्व हस्तान्तरणको पक्षमा देखिएका छन् । के भन्छन् सञ्लालकहरु  । उनीहरुकै शब्दमा ।

नेतृत्व हस्तान्तरण हुनुपर्छ
रामबहादुर जिसी
सञ्चालक
रमेश पोखरेल र केबी उप्रेती दुवै स्थापनाकालदेखि संघर्ष गरेका व्यक्ति हुन् । अहिलेको सन्र्दभ नेतृत्व हस्तान्तरणकै कुरा हो । दुई कार्यकाल पोखरेल अध्यक्ष भइसकेको मान्छे फेरि अध्यक्ष बन्नु उचित हुदैँन । यसो हुँदा क्षमता भएका मान्छेले नेतृत्व नपाउने सम्वभावना हुन्छ । हामी पनि अध्यक्षको दाबेदार हो । दुई कार्यकाल सञ्चालक भइसकेको अवस्थामा सधैं एकै व्यक्तिले नेतृत्व गर्नुपर्ने कुरा स्वीकार्य हुँदैन । हामी उहाँको पनि सम्मानजनक स्थान चाहन्छौं । सल्लाहकार एवम् निवर्तमान अध्यक्ष भएर भूमिका निर्वाह गर्नुपर्छ । केबी सरले बैंकको आन्तरिक काममा काम गरिसकेकाले केबी सरको विकल्प छैन । सधैंभरी एउटै व्यक्तिले नेतृत्व गर्न चाहनु नैतिकरुपमा नआउनुपर्ने हो । काठमाडौं सहित प्रदेश ३ लगायत अधिकांश सहकारीको साथ अहिले केवी उप्रेतीलाई नै छ
६८ जिल्लाका अधिकांश सहकारी संघको नेतृत्व बैंकको नेतृत्व हस्तान्तरण होस् भन्ने पक्षमा छ । कास्की, नेपालगञ्ज, बुटवल, म्याम्दी, तनहुँ, नुवाकोट, मकवानपुर लगायत करिब ५० जिल्लाका सहकारीकर्मी केवी उप्रेतीकै पक्षमा छन् ।

बडाल सरले पोखरेलप्रति झुकाव राख्दा समस्या
रामहरि बजगाई
सञ्चालक
१० वर्षसम्म एउटै व्यक्तिले नेतृत्व गरिसकेपछि अब नयाँ नेतृत्व चयन हुनै पर्छ । नेतृत्व विकास भनेर हामी भाषण गर्छौ, सुशासनको कुरा गर्छौ । तर नेतृत्व परिवर्तन गर्न किन हिच्किचाइरहेका छौं । बैकको अब नेतृत्व परिवर्तन हुने सम्भावना छ। केशव बडालले रमेश पोखरेलप्रति झुकाव राख्नुभएको छ। रमेश पोखरेल माथिबाटै अनुमोदित भएपनि अबको नेतृत्व केवी सरकै हो । यदी पार्टीले पोखरेल समर्थन गर्ने स्थिति आएपनि सतह केबी सरको पक्षमा छ । जसले जितेपनि नेकपाले नै जित्ने हो । हामी कम्युनिस्ट पनि भएकाले जनवाद स्वीकार्नुपर्छ । प्रजातान्त्रिक पद्वती अबलम्बन गर्नुपर्छ । चुनावमा जसले जित्छ उ नै नेतृत्वमा आउने कुरा हुन्छ । राष्ट्रिय सहकारी बैंकमा केवी र रमेशको योगदान भुल्न मिल्दैन । रमेश बैंकको संरक्षक भएर राष्ट्रिय सहकरी महासंघकै वरिष्ठ उपाध्यक्ष या उपाध्यक्षमा जान सक्ने ठाउँ रहन्छ । बैंकमा पनि पदेन सञ्चालक अध्यक्ष भएर उहाँलाई विस्थापित नगरीकन स्थापित गर्नुपर्छ भन्ने मेरो चाहना छ ।

धेरै कुरा सोचेर निर्णय गर्नुपर्छ
रामशरण शर्मा घिमिरे

सञ्लालक
अहिले दुई जनाको दाबेदारी देखिएको छ । राष्ट्रिय सहकारी बैंक सहकारी क्षेत्रको विकासका लागि ठूलो निकायको रुपमा स्थापित भइसकेको छ । अनेक कुरा गर्नुभन्दा पनि नेतृत्व हस्तान्तरण यतिबेलाको आवश्यकता हो । मुमेन्ट नेतृत्व हस्तान्तरणकै पक्षमा छ । हामी सातै सञ्चालकको पनि त्यही धारणा हो । पोखरेललाई उचित स्थान दिदैँ केवी सरलाई निर्वाचित गराउनुपर्छ । उहाँले व्यवस्थापकीय काम छोडेर कर्मचारीलाई दिएको अवस्थामा सक्रमणकाल छ । यो केन्द्रीय संघ मात्र नभई वित्तीय क्षेत्र भएकाले व्यवसायिक क्षमता भएको मान्छे नेतृत्वमा आउनुपर्छ । हामी सातैजना सञ्चालकले पार्टी र सहकारी नेतृत्वलाई जानकारी गराएका छौं । कार्यदल गठन भएर काम भइरहेको छ । केशव बडाल, धर्मदत्त देवकोटा र पुशपति चौलागाईको कार्यदल गठन भएको छ । । यो बैंक भएकाले सबै कुरा पार्टीको सिफारिसे मात्र चल्दैन । अराजक भएर जे मन लाग्छ त्यसो गर्ने भनेको होइन । पार्टीले पनि जनअपेक्षा बुझ्नुपर्छ । संघीय मोडेलमा सबै जना सक्षम व्यक्ति नआउन सक्छन् । त्यसकारण नेतृत्व व्यवसायिक मान्छे हुनैपर्छ । धेरै कुरा सोचेर निर्णय गर्नुपर्छ । निर्णय अर्को ढंगले आएमा हामी अघि बढ्छौं ।

अग्रजलाई अरु निकायमा व्यवस्थापन गर्नुपर्छ
हरिहरनाथ योगी
सञ्चालक
चुनावी साधारण हो । २१ र २२ गते हुने निर्वाचनाले नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्व चयनको कुरा छलफलकै विषय छ । टुंगो भोलिसम्म लाग्ला । बैंकलाई दुवैको आवश्यकता छ । मिलाएर व्यवस्थापन गर्नुपर्छ । रमेश पोखरेल दुई कार्याकाल अध्यक्ष भइसकेकाले बैंकको सल्लाहकारमा राखेर नेतृत्व हस्तान्तरण गर्नुपर्छ । पोखरेललाई बैंकभित्र नभए पनि सहकारीका अन्य निकायमा स्थापित गर्न सकिन्छ । त्यसरी नै लाग्नुपर्ने मेरो धारणा छ।

चुनाव प्रक्रिया भन्दा पनि व्यक्ति हेर्नुपर्छ
देवराज पराजुली
सञ्चालक
चुनाव प्रक्रिया हो । जित्ने आउँछ । तर प्रक्रिया भन्दा पनि बैंक स्थापना कसरी भयो , तल्लो तहमा कस्को माहोल छ भन्ने कुरा पनि हेर्नुपर्छ । यो अरु निकायजस्तो होइन । चुनावको प्रक्रिया मात्र नभई व्यक्ति पनि हेर्नुपर्छ । अरु बैंक र सहकारी बैंक फरक छ । देशभरका ३४ हजार सहकारी समेट्नुपर्छ । अहिले १० हजार दुई सय १८ सहकारीलाई मात्र समेट्नुपर्छ । १८ सिटमा आकांक्षी सबैलाई समेट्न सकिन्न । मिलाउन लागेका छौं । संस्थापनदेखि दुवै जना हुनुहुन्थ्यो । म ७० पछि जोडिएको हुँ । एउटा पदमा दुई जना दावेबार । एकजनालाई नेतृत्व दिनुपर्छ । र अर्का आकांक्षीलाई मुमेन्टमै उचित व्यवस्थापन गर्नुपर्छ ।

सहकारीकर्मीको भावनामा खेलवाड गर्नुहुन्न
सरिता तिम्सिना भट्टराई
सञ्चालक
राष्ट्रिय सहकारी बैंकको नेतृत्व परिवर्तन गर्दै जानुपर्छ । सुसाशनको कुरामा फोकस गर्नुपर्छ । यसले प्रारम्भीक तहमै नजिर स्थापना गर्ने भएकाले दुई कार्यकाल पनि लामो समय हो । केन्द्रीय संघको कुरा गर्दा एक कार्यकाल मात्रै हुदाँ पनि प्रयाप्त हुन्छ । तलका मान्छे माथि जाने पद्वतीको व्यवस्था गर्नुपर्छ । अग्रजहरुको पनि सही व्यवस्थापन गर्नुपर्छ । सञ्चालकको टिमले अग्रजहरुले व्यवस्थित गरेर जानुपर्छ भन्ने हो । यसै सन्र्दभमा बुझाइ पनि प्राप्त भएको छ । बैंक दिगो बनाउन कसैले पनि खेलवाड गर्नु हुन्न । भिजन महत्वपूर्ण कुरा हो । पार्टीले बुझ्ने अपेक्षा छ । म दुई कार्यकाल सञ्चालक भइसकेकाले यसपाली लेखा समितिको संयोजक बन्ने इच्छा राखेको छ ।

 

नेतृत्व हस्तान्तरणको विकल्प छैन

ज्ञानबहादुर तामाङ
सञ्चालक
नेतृत्व हस्तान्तरण हुनुपर्छ । राष्ट्रिय सहकारी बैंकमा पुस्ता हस्तान्तरण हुनुपर्छ । एउटै व्यक्तिले नेतृत्व गरिरहने कुरा स्वीकार्य हुदैँन । सबैल यस भावानालाई बुझ्न सक्नुपर्छ । यदी नेतृत्वले त्यसतर्फ बुझ्न नसके लोकतान्त्रिक पद्वतीबाट नयाँ नेतृत्व आउँछ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न