पोखरेल च्याप्दै नेता, उप्रेती खोज्दै सहकारीकर्मी


काठमाडौं । राष्ट्रिय सहकारी बैंकको नयाँ नेतृत्वका लागि सहमति जुट्न सकेको छैन । प्रारम्भिक सहकारी केबी उप्रेतीको पक्षमा देखिएका छन् भने नेकपा तथा सहकारीका केही शीर्ष नेतृत्व रमेश पोखरेललाई काखी च्याप्दै हिँडेका छन् । देशभरका सहकारीकर्मी उप्रेतीको पक्षमा देखिएका छन् । विराटनगरका बाहेक अधिकांश जिल्लाका सहकारीकर्मी नेतृत्व परिवर्तनको पक्षमा देखिएका हुन् । सिंगो सहकारीकर्मीको उप्रेतीलाईसमर्थन हुँदा पनि केही नेताहरुले पोखरेललाई च्याप्दा सहकारीमा विवाद सिर्जना हुँदै गएको छ । राष्ट्रिय सहकारी बैंकको चुनाव आउन दुई दिन पनि बाँकी छैन । नयाँ नेतृत्वका लागि बैंकका सञ्चालक केबी उप्रेती र वर्तमान अध्यक्ष रमेश पोखरेलबीच प्रतिस्पर्धा उत्रिएका छन् ।

यद्यपि सहमतीबाट ती मध्ये एक उम्मेदवार बनाउन व्यापक छलफल भइरहेको छ । बैंकको नयाँ नेतृत्वका लागि नेकपाभित्र पनि बहस सुरु भएको छ । नेकपा र सहकारीका उच्च केही नेताबाहेक अधिकांश केबी उप्रेती नेतृत्वमा आउनुपर्ने बताउँछन् । सहकारी नेपालसँगको कुराकानीका क्रममा सातैजना सञ्चालक वर्तमान अध्यक्ष पोखरेलको उचित सम्मानका साथै नेतृत्व परिवर्तनको पक्षमा देखिए ।

२१ र २२ गते काठमाडौंमा हुने १५ औं वार्षिक साधारणसभाबाट बैंकको अध्यक्ष बन्न पोखरेल र उप्रेती अन्तिम कसरतमा देखिएका छन् । उनीहरु आफूलाई सहयोग गर्न पार्टी नेताहरुदेखि सहकारी अभियानबीच दाैडधुपमा छन् । तर अझै छिनोफोनो लागिसकेको छैन । पोखरेललाई नेकपा तथा सहकारीका उच्च नेताले काखी च्यापेका छन् भने उप्रेतीलाई सिंगो सहकारी अभियानको साथ देखिएको छ ।

अधिकांश सहकारीकर्मीले दुई कार्यकाल अध्यक्ष भएका रमेश पोखरेललाई स्वतस्फूर्त रुपमा अध्यक्ष छोडेर सम्मानित भएर बस्न धेरै सहकारीकर्मीहरुले सुझाव दिएका छन् । तर पोखरेल सर्वसम्मत आफू अध्यक्ष बन्ने लबिङमा लागेका छन् । आफूलाई पार्टीका एक नेताको पूर्ण समर्थन भएकाले जसरी पनि टिकट आफैले ल्याउने भन्दै देशभरका सहकारीकर्मीहरुलाई पोखरेलले थामथुम पार्न खोजेको सहकारीकर्मीहरु बताउछन् ।

वर्तमान अवस्था, बैंकका आगामी चुनौती लगायत नेतृत्व हस्तान्तरणका लागि पनि पोखरेलले सहज अवतरण गर्न ठिक हुने प्रारम्भिक सहकारी संस्थाले बताएका छन् । काठमाडौंका अधिकांश सहकारीकर्मी नेतृत्व हस्तान्तरणकै पक्षमा देखिएका छन् । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका सचिव नरेन्द्र विष्टले केबी उप्रेतीको विकल्प नभएको बताए । उनले चुनावै भएपनि बहुमत ल्याएर उप्रेतीले जित्ने दावी गरे ।

बैंकको २ पटक अध्यक्ष भएका पोखरेलले अब तेस्रो कार्यकालका लागि दावी गर्नु गलत हुने देशभरका अगुवा सहकारीकर्मीहरुको भनाई छ । तर पोखरेललाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल र नेकपा महासचिव विष्णु पौडेलले पोखरेलको पक्षमा अडान लिइरहेको बुझिएको छ । विराटगरमा भने पोखरेलको माहोल छ । तर देशभरका सहकारीकर्मी उप्रेतीको पक्षमा खुलेर लागेका छन् ।

कार्यदलमा समेत पोखरेलकै निकट व्यक्ति रहेकाले पार्टीले पोखरेललाई नै समर्थन गर्न सक्ने स्रोतको दावी छ तर तत्कालीन एमाले र माओवादीका सहकारी विभाग प्रमुखहरु भने नेतृत्व परिवर्तनको पक्षमा देखिएको बुझिएको छ । यदी पार्टीले जनभावना नबुझेर पोखरेललाई समर्थन गरे चुनाव हुने निश्चित देखिएको छ । चुनाव हुदाँ स्पष्ट बहुमतका साथ चुनाव जित्ने जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले जानकरी दिए ।

काठमाडौका चौलागाई मात्र होइन देशभरका धेरै जिल्ला सहकारी संघका अध्यक्ष लगायत अगुवाहरुले संस्थागत सुशासन कायम गर्न बढीमा २ कार्यकाल मुख्य नेतृत्वमा रहने व्यवस्था गर्नु पर्ने बताउदै आएका छन् । सहकारी अभियानमा धेरै युवाहरुलाई नेतृत्वमा ल्याउन पहल गरेका उप्रेतीलाई अध्यक्ष बनाउन काठमाडौं लगायत देशभरका ४५ भन्दा बढी जिल्ला सहकारी संघका अध्यक्ष लगायत अगुवाहरु क्रियाशिल रहेको उनी निकट सहकारीकर्मीहरुको दावी छ ।

सहकारी बैंकको पछिल्लो विनियम संशोधनमा पनि एउटै व्यक्ति एकै पदमा २ कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गरेको छ । २र२ पटक अध्यक्ष बनेको व्यक्तिले सहज रुपमा नेतृत्व हस्तान्तरण गरेर सर्वसम्मत रुपमा बैंकलाई अगाडि बढाउनु पर्नेमा आफै विवाद झिकेर समस्या सिर्जना गरेको सहकारीकर्मीहरुको आरोप छ ।

कार्यदलले सुझव लिएको र विभागका सबै सदस्यहरुले नेतृत्व परिवर्तन गरेर जाने बताएको स्रोतको दावी छ । फरक विचारकालाई पनि मिलाएर लैजाने खुबीका कारण नेशनल कोअपरेटर्स एलाईन्सले पनि केबी उप्रेतीलाई नै समर्थन गर्न सक्ने बुझिएको छ ।

आफु पार्टीको तर्फबाट भन्दा पनि बैंकको हित र सहकारीको मर्म अनुसार अध्यक्षको प्रत्यासी बन्न थालेको भन्दै उप्रेतीले सहयोगका लागि भोट माग्दै आएका छन् । उनी पार्टीले आफ्नै पक्षमा निर्णय गर्नेमा विस्तस्त रहेको बताउँछन् । पार्टीले जनभावना विपरित अर्कै निर्णय गरे चुनावी मैदानमा उत्रिने उनले बताए ।
राष्ट्रिय सहकारी महासंघमा २ कार्यकाल लेखा समितिको संयोजक, काठमाडौं जिल्ला सहकारी संघमा २ कार्यकाल अध्यक्ष भएर नेतृत्व हस्तान्तरण गरेका उप्रेतीले एउटै व्यक्ति २ कार्यकाल भन्दा बढी मुख्य पदमा बस्दा नयाँ पुस्ताले अवसर नपाउने बताउछन् । राष्ट्रिय सहकारी महासंघका सञ्चालक रामबहाहदुर जिसीले सञ्चालकहरु पनि बैंकको नेतृत्व गर्न सक्षम रहेको भन्दै एउटै व्यक्ति वर्षौसम्म रहनु उचित नहुने बताए । उनले सबै सञ्चालक नयाँ नेतृत्व पर्खाइमा रहेको बताए । बैंकको १० हजार २ सय १८ सदस्य छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न