अध्यक्ष, खुला र कर्णाली प्रदेशमा चुनाव हुने
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षसहित केही पदमा चुनाव हुने भएको छ । धेरैजसो पद सहमतिमै टुंगिएपनि अध्यक्ष, खुला सञ्चालक र कर्णाली प्रदेश सञ्चालकमा चुनाव हुने भएको हो ।
राष्ट्रिय सहकारी र्बैंकको चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा केबी उप्रेती उम्मेदवार छन् । उनका प्रतिष्पर्धीकोरुपमा रमेश घिमिरे देखिएका छन् । अन्य दुई उम्मेदवारले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् । त्यस्तै
कर्णाली प्रदेशमा दुई जना प्रतिष्पर्धा गर्दै छन् ।
उप्रेती प्यानलबाट हरिहरनाथ योगी र स्वतन्त्रबाट भीमबहादुर भण्डारी प्रतिष्पर्धा गर्दै छन् ।
चार जना खुला सञ्चालकमाका लागि पाँच जनाको उम्मेदवारी परेको छ । खुल्ला सञ्चालकमा उप्रेती प्यानलबाट केदार मानन्धर, धुव्रनारायण यादव, रामहरि बजगाई र माधवलाल देवकोटा चुनावी प्रतिष्पर्धामा छन् । त्यस्तै मिठाराम शर्मा बजगाई चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
केही बेरमा मतदान हुने बताइएको छ । हेर्नुहाेस् निर्वाचन कार्यतालिका