यी हुन् बैंकमा निर्विरोध निर्वाचित हुनेहरु


काठमाडौं । राष्ट्रिय सहकारी बैैंकको केही पदमा निर्वाचन हुने भएपनि अधिकांश पदमा निर्विरोध नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष, खुला सञ्चालक र कर्णाली प्रदेशबाहेक अरु सबैमा सर्वसम्मतरुपमा निर्विरोध भएको हो ।
निर्वाचन समितिका अनुसार प्रदेश १ बाट महेन्द्र गिरी निर्वाचित भएका छन् । प्रदेश २ बाट विश्वनाथ मण्डल निर्वाचित भएका छन् । प्रदेश ३ सञ्चालकमा ज्ञानबहादुर तामाङ, गण्डकी प्रदेश सञ्चालकमा रामबहादुर जिसी प्रदेश ५ विजया धिताल, सुदूरपश्चिम सञ्चालकमा शिवा थापा निर्वाचित भएका छन् । महिला सञ्चालकतर्फ सरिता तिम्सिना भट्टरार्इ, पार्वती थापा मगर, अमृता सुब्बा निर्वाचित भएका छन् ।
बैंकको लेखा संयोजकमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । लेखा सदस्यमा तारा गुरुङ र शिवराज ढवाडी निर्वाचित भएका हुन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम