बैंकको अध्यक्षमा केबी उप्रेती भारी मतले निर्वाचित (मत सहित हेर्नुहाेस्)


काठमाडौं, २२ पुस । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेती निर्वाचित भएका छन् । उप्रेतीले आफ्ना प्रतिष्पर्धी रमेश घिमिरेलाई भारी मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उप्रेतीले तीन हजार चार सय १५ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी घिमिरेले दुई सय ३७ मत ल्याएका छन् ।

त्यस्तै कर्णाली प्रदेश सञ्चालकमा भएको निर्वाचनमा हरिहरनाथ योगी निर्वाचित भएका छन् । उनले तीन हजार दुई सय ४९ मत ल्याई विजयी भएका हुन् भने उनका प्रतिष्पर्धी भीमकुमार भण्डारीले पाँच सय १० मत ल्याएका छन् ।

चार जनाका लागि भएको खुलातर्फको निर्वाचनमा केदार मानन्धर, ध्रुवनारायण यादव, रामहरि बजगाई र माधवलाल देवकोटा निर्वाचित भएका छन् । मानन्धरले तीन हजार चार सय १३, यादवले तीन हजार एक सय ४३, बजगाईले तीन हजार तीन सय ८२ र देवकोटाले तीन हजार ९८ मत ल्याई विजयी भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न