सहकारी बैंकमा नयाँ नेतृत्व (को को विजयी भए ?)


काठमाडौं, २२ पुस । राष्ट्रिय सहकारी बैंकमा नयाँ नेतृत्व चयन भएको छ । पुस २१ र २२ गते भएको १५ औं वार्षिक साधारणसभाले चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

निर्वाचन समितिका अनुसार अध्यक्ष, कर्णाली प्रदेश र खुला सदस्यमा निर्वाचन भएको हो भने अन्य पदमा भने निर्विरोध निर्वाचित भएका हुन् । बैंकको अध्यक्ष, खुला सञ्चालक चार, सातजना प्रदेश सञ्चालक र ३३ प्रतिशत महिला सञ्चालक र तीन जनाको लेखा समितिमा नयाँ नेतृत्व आएको हो ।

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेती निर्वाचित भएका छन् । उप्रेतीले आफ्ना प्रतिष्पर्धी रमेश घिमिरेलाई भारी मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उप्रेतीले तीन हजार चार सय १५ मत ल्याइ विजयी भएका हुन् । उनका प्रतिष्पर्धी घिमिरेले दुई सय ३६ मत ल्याएका छन् ।
त्यस्तै कर्णाली प्रदेश सञ्चालकमा भएको निर्वाचनमा हरिहरनाथ योगी निर्वाचित भएका छन् । उनले तीन हजार दुई सय ४९ मत ल्याई विजयी भएका हुन् भने उनका प्रतिष्पर्धी भीमकुमार भण्डारीले पाँच सय १० मत ल्याएका हुन् ।

चार जनाका लागि भएको खुलातर्फको निर्वाचनमा केदार मानन्धर, ध्रुववनारायण यादव, रामहरि बजगाई र माधवलाल देवकोटा निर्वाचित भएका छन् । मानन्धरले तीन हजार चार सय १३, यादवले तीन हजार एक सय ४३, बजगाईले तीन हजार तीन सय २ र देवकोटाले तीन हजार ९८ मत ल्याई विजयी भएका हुन् ।

बैंकका २२ पदमध्ये अन्य पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन समितिका अनुसार प्रदेश १ बाट महेन्द्र गिरी, प्रदेश २ बाट विश्वनाथ मण्डल, प्रदेश ३ सञ्चालकमा ज्ञानबहादुर तामाङ, गण्डकी प्रदेशबाट रामबहादुर जिसी, प्रदेश ५ बाट विजया धिताल, सुदूरपश्चिमबाट शिवा थापा निर्वाचित भएका छन् । महिला सञ्चालकतर्फ सरिता तिम्सिना भट्टराई, पार्वती थापा मगर, अमृता सुब्बा निर्वाचित भएका छन् ।

बैंकको लेखा संयोजकमा लक्ष्मीप्रसाद उप्रेती, लेखा सदस्यमा तारा गुरुङ र शिवराज ढवाडी निर्वाचित भएका छन् ।

बैंकको निर्वाचनका लागि विद्युतीय मेशिन प्रयोग गरिएको थियो । मेशिनका माध्यमबाट मतदान र मतगणनामा छिटो र सजिलो भएको सञ्चालक रामबहादुर जिसीले जानकारी दिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम