कास्कुनको चुनाव : अर्याललाई अध्यक्ष बनाउने सहमति


काठमाडौं ।  काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) मा चुनावी सरगर्मी बढेको छ । आउँदो पुस २७ गते हुने नयाँ नेतृत्व निर्वाचनका लागि वर्तमान सचिव नवराज अर्याललाई अध्यक्ष बनाउने सहमति भएको छ।

नयाँ नेतृत्वका लागि वर्तमान सञ्चालक केशव दंगाल पनि मैदानमा भएपनि आपसी सहमतिका आधारमा अर्याललाई अध्यक्ष बनाउने र दंगालले मैदान खाली गर्ने सहमति भएको हो ।
तीन वर्षअघि सहमतिमै नेतृत्व चयन भएको थियो । अबको चार वर्षे कार्यकालका लागि पनि सहमतिबाटै टुंग्याउन गृहकार्य सुरु भएको छ । नेशनल कोअरेटर्स एलाइन्सले भने अर्यालको नेतृत्वमा जाने या प्यानल बनाएर चुनावी मैदानमा जाने भन्ने विषयमा अझै निष्कर्षमा पुग्न सकेको छैन । नेशनल कोअपरेटर्स एलायन्सका मनोज भण्डारीले सहमतिका लागि एलााइन्स हदैसम्म लचिलो भएर
छलफल भइरहेको तर नेकपाभित्र पनि माओवादी समूह हावी भएर दम्भ देखाएको बताएका छन् ।

काठमाडौं जिल्ला बचत संघमा ६४० प्रारम्भिक संस्था सदस्य रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर