बन्द भएको लामो समयपछि सहकारीको पुनः कारोबार शुरु


झापा, मंसिर १२ । बन्द भएको लामो समयपछि झापाको जनकल्याण सहकारी संस्थाले पुनः कारोबार शुरु गरेको छ । झापा जिल्लामा पहिलो पटक स्थापना भई बन्द भएको सहकारी ३५ वर्ष पछि फेरी कारोबार शुरु गरेको हो ।
जिल्लाको बुधबारे गाविस वडा नम्बर ९ मा २०२० साल चैत २० गते दर्ता भई डेढ दशक सञ्चालन भई बन्द भएको संस्था पुनः कानूनी प्रकृया पूरा गरि सञ्चालनमा आएको डिभिजन सहकारी कार्यालय झापाले जनाएको छ ।
तत्कालिन राजा महेन्द्रको आदेशमा जनतालाई दैनिक उपभोग्य बस्तु उपलव्ध गराउन साझा संस्थाको रुपमा उक्त सहकारी स्थापना भएको थियो । कार्यालयका प्रमुख माधव पोखरेले संस्था लामो समय बन्न बन्द भएको र पुनः सञ्चालनका लागि हालै मात्र १२ हजार रुपैंया जरिवाना तिरेर संस्थाको लेखापरिक्षण स्विकृती लिएको जानकारी दिनुभयो । तत्कालीन सरकारले आफ्नो नियन्त्रणमा रहने गरि झापा जिल्लामा नै पहिलो पटक साझा सहकारीको रुपमा जनकल्याण सहारी संस्था स्थापना गरेको थियो ।
संस्थाका अध्यक्ष रुद्र पोखरेलले किसानलाई लक्षित गरि आर्थिक समृद्धीका कार्यक्रम ल्याइने बताउनुभयो ।अब संस्थाले शेयर सदस्यता बिस्तार गर्नका साथै सदस्यहरुलाई पशु पालन, सुपथ मुल्यको पसल सञ्चालन, व्यवसायीक कृषिको प्रवद्र्धन लगायतका कार्य गर्ने जनाईएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध