एक क्षेत्रमा एकै खालको खेति अभियान सुरु गरौं


ललितपुर । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले एक क्षेत्रमा एकैखाले खेती अभियान सुरु गर्न आवश्यक भएको बताउनुभएको छ । सहकारीका सदस्यहरुलाई मिलिजुली खेती गर्न आव्हान गर्दै उहाँले एक क्षेत्र एक उत्पादनमा ध्यान दिन सके निर्यात गर्न सजिलो हुने उहाँको भनाइ थियो ।

जिल्ला कृषि सहकारी संघ ललितपुरको नवौ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष बडालले सहकारीका सदस्यहरुले एउटा इलाकामा एकै प्रकृतिको खेती गर्नका लागि मिलिजुली एउटै खेती गर्नुपर्ने धारणा राख्नुभएको हो । उहाँले ठूलो परिणाममा कुनै पनि बस्तु उत्पादन गर्दा मार्केट पाउने सम्भावना बलियो हुने भएकाले अब सहकारीमार्फत मिलिजुली गर्ने खेतीको विकल्प नभएको बताउनुभयो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले ललितपुर कृषि सहकारी संघ उदाहरणीय रहेको बताउँदै बोर्डबाट यस संघका सदस्यहरुको क्षमता अभिबृद्धिका लागि केहि रकम अनुदान दिने घोषणा गर्नुभएको थियो ।

राष्ट्रिय सहकारी बैंक लि।का नव निर्वाचित अध्यक्ष केवी उप्रेतीले कृषिका लागि बैंकले सहयोग गर्ने बताउनुभयो । संघका अध्यक्ष ओमदेवी मल्लले उप्रेतीलाई सम्मान समेत गर्नुभएको थियो ।

महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरेले कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो । महासंघका संचालक तथा जिल्ला सहकारी संघका अध्यक्ष माधव पौडेलले कृषि बजारीकरणका लागि मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरका अध्यक्ष रामशरण घिमिर, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिला दाहालले मन्तव्य राख्नुभएको थियो । संघका अध्यक्ष ओमदेवी मल्लले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

महासंघका उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य समेत रहनु भएकी मल्लले संघमार्फत कृषकलाई मल विक्रि वितरण गर्ने, कृषक बजार स्थापना गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले २० देखि २७ जनवरीसम्म भारतको उत्तराञ्चल प्रदेशमा ललितपुर कृषि सहकारी संस्थाका सदस्यहरुलाई १ हप्ते च्याउ उत्पादन तालिममा सहभागी गराउन लागेको जानकारी दिनुभयो ।

सो जिल्ला कृषि सहकारी संघमा १४१ वटा कृषि सहकारी संस्थाहरु आवद्ध छन् । ललितपुर जिल्ल कृषिको सम्भावना भएको जिल्ला भएकाले यस संघलाई नमुना जिल्लाका रुपमा अगाडि बढाउने योजना रहेको मल्लले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दिगो व्यवसायिकता विकासका लागि सहकारीः राज्यमन्त्री रानामगर
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन