सहकारीको विवरण व्यवस्थित गर्ने तयारी


काठमाडौं, मंसिर १२ । सहकारी विभागले सहकारीको विवरण व्यवस्थित गर्ने भएको छ । चालू आर्थिक वर्षभित्र पत्येक डिभिजन सहकारी कार्यालयमा तथ्यांक सहायक थपेर विवरण व्यवस्थित गर्ने तयारी शुरु भएको छ ।
सहकारीको संख्यात्मक वृद्धिसँगै कारोबार रकम बढे पनि सरकारले सहकारीको विवरण व्यवस्थित गर्न नसक्दा समस्या देखिन थालेको छ । सहकारीको कारोबारलगायतका विवरण अझै पनि कागजी फाइलमा अव्यवस्थित रूपमा रहदै आएकाले छिट्टै कम्प्युटराई गर्ने तयारी भएको सहकारी विभागका रजिष्ट्रार बिष्णुहरि पौडेलले बताउनुभयो । सहकारीको कारोबार बढेर अर्बौं पुगिसक्दा पनि विवरण व्यवस्थित गरी प्रभावकारी अनुगमन गर्न नसक्दा जोखिम बढ्दै गएकले त्यसतर्फ सचेत हुन थालेको उहाँको भनाई छ ।
अर्बभन्दा बढी कारोबार गर्ने सहकारी आधा दर्जनजति बढी । तर, डिभिजन सहकारी कार्यालयमा अझै पनि कम्प्युटरमा सहकारीको विवरण राख्ने व्यवस्था शुरु भएको छैन् । डेपुटी गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा गठित समितिले डिभिजन सहकारी कार्यालयबाट सहकारीहरूको विवरण नपाएपछि सार्वजनिक सूचना जारी गरेर विवरण माग गरेको थियो ।
सहकारी दर्ता गर्दा डिभिजन कार्यालयहरूले संस्थापक सदस्यहरूको तीनपुस्ते विवरण, नागरिकताको फोटोकपी, फोटो, अस्थायी बसोबासको प्रमाण, संस्थाको विनियमलगायतका कागज पत्र राख्ने गर्छन् । त्यसपछि प्रत्येक सहकारीका छुट्टाछुट्टै फाइल राखेर त्यसमा सहकारीले बुझाउने वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र कारोबार विवरण राख्दै आएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने