ऋण व्यवस्थापन तालिम सम्पन्न


भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको वित्तिय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा दुई दिने ऋण व्यवस्थापन तालिम सम्पन्न भएको छ कार्यक्रमको समापन समारोहमा संघका उपाध्यक्ष हरि बल्लले बचत तथा ऋण सहकारी संस्थाको मुख्य जोखिम ऋण लगानीमा रहेकोले ऋण जोखिमलाई न्यनिकरण गर्न तालिमले टेवा पु¥याउने विचार व्यक्त गर्नुभयो ।

संघको कोषाध्यक्ष एंवम वित्तिय सेवा प्रवद्र्धन उपसमिति का संयोजक कान्छा भक्त घजुले ताालिमबाट सिकेका कुराहरु संस्थामा व्यवहारिक प्रयोग गर्न सकेमा मात्र ऋण लगानीका जोखिमलाई कम गर्न सकिने धारणा राख्नु भयो । यसको लागि संस्थाका संचालक,उपसमिति र कर्मचारी सकारात्मक भई ऋण जोखिमलाई कम गर्न समय सापेक्ष नीति तर्जुमा गर्नुपर्ने विचार राख्नु भयो ।

उपसमितिका सदस्य राजकुमार लघुले संघले सदस्यको वित्तिय क्षेत्रलाई दिगो बनाउन विभिन्न क्षेत्रमा तालिम आयोजना गर्दै आएको बताउनु भयो । उपसमितिका सदस्य राजाराम गोसाईले तालिमले ऋण दिनु पूर्व, ऋण दिईसकेपछि र ऋण असुली प्रक्रियासम्मका विषय बस्तुहरुमा तालिम भएको बताउनुभयो ।

तालिममा संघका सदस्य संस्थाहरुबाट ४७ जनाको उपस्थिति रहेको थियो । तालिममा सहजिकरण संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु, व्यवस्थापक बालकृष्ण धोजु, काभ्रेपलाञ्चोक बचत संघका संचालक उपेन्द्र हुँमागाई र फस्र्ट माक्रोफाइनान्स लि.का प्रवन्धक बावुराम न्यौपानेले गर्नु भएको थियो

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको