प्युठानमा सहकारी बैंक को अन्तरक्रिया कार्यक्रम सम्पन्न


प्यूठान।  राष्ट्रिय सहकारी बैंक लि दाङ शाखा को आयोजनामा एक दिवसिय सहकारी बैंक तथा सहकारी संघ संस्था बिच अन्तक्रिया कार्यक्रम प्युठानको बिजुवार, जुम्रिमा बिजया लक्ष्मी महिला बहुउदेश्यीय सहकारी संसको सभाहलमा सम्पन्न भएको छ । उक्त कार्यक्रम जिल्ला सहकारी संघ लि प्युठानका अध्यक्ष जिवलाल न्यौपानेको अध्यक्षता तथा प्युठान नगरपालिका का मेयर अजुन कक्षपतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त काक्रममा प्युठान जिल्लाका ६० संस्थाका ९० जनाको सहभागिता रहेको थियो । कार्यक्रमा बोल्दै प्रमुख अतिथि कक्षयपतिले दिगो सहकारी को लागी सहकारी बैंकमा आवद्ध भै बैंकवाट प्राप्त हुने सम्पुण सेवा सुबिधा उपयोग गर्न आग्रह गर्दै प्युठानमा बैंकको शाखा संचालन गर्न आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभएको थियो ।

कार्यक्रमको समापन मन्त्वय राख्दै संघका अध्यक्ष जिवलाल न्यौपानेले फाल्गुन मसान्त भित्र सबै संस्थाहरु बैंकमा आवद्धताका लागी पहल गर्ने बताउदै बैंकको शाखा संचलन गर्न आवश्यक संस्था छिटै पु¥याउने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रम बैंकका दाङ शाखा प्रमुख नारायण बेल्वासेको सहजिकरणमा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी शुक्रबार, माघ २
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न