सदस्य शिक्षा कार्यक्रम सम्पन्न
झापा, मंसिर १२ । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सहकारी सचेतना तालिम दिएको छ । संस्थाले चन्द्रगदी क्षेत्रका सदस्यहरुलाई सदस्य शिक्षा तालिम दिएको हो । सदस्य शिक्षा तालिमबाट उक्त सहकारीका सदस्यहरु लाभान्वित भएका थिए । सहकारीबारे जान्न सफल भएको उनीहरुको भनाई थियो । सहकारीकर्मी रामचन्द्र उप्रेतिले सदस्यलाई प्रशिक्षण दिनुभएको थियो ।