सरकारले काम थाल्दा केहीलाई छट्पटी चलेको छ : मन्त्री अर्याल


स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले काम शुरु गर्दा केही विपक्षीलाई छट्पटी चलेको बताउनुभएको छ । स्याङ्जा जिल्लामा शनिबार आयोजना गरिएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले विकास र समृद्धिका काम गर्दा केही पक्ष अत्तालिएको बताउनुभयो ।

ड्ड वालिङ नगरपालिका १२ स्थित सिर्सेकोट महिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले अहिले केही नेताहरूले सरकारलाई कोस्नेगरी दिइएको अभिव्यक्ति त्यसैको उपज भएको बताउनुभयो ।

 

मन्त्री अर्यालले संघ, प्रदेश र स्थानीय सरकारबीचमा विभिन्न कुरा गरेर फाटो ल्याउने कोशिश समेत भइरहेको बताउनुभयो । ुप्रदेशलाई केन्द्रले अधिकार दिएन भनेर फाटो ल्याउन खोज्ने, स्थानीयले काम गर्न सकेनन् भनेर ह्यारेस गर्ने काम भइरहेको छु, मन्त्री अर्यालले भन्नुभयो, ुसरकारले अहिले काम शुरु गरेको छ। सरकारले काम शुरु गर्दा केहीलाई छट्पटी भइरहेको छ। अहिलेका केही नेताका अभिव्यक्ति त्यहीँ हो । ‘संघीयता असफल बनाउने उद्देश्यले संघ, प्रदेश र स्थानीय सरकारबीचमा फाटो ल्याउने कोशिश भइरहेको मन्त्री अर्यालको भनाइ थियो ।

ड्ड मन्त्री अर्यालले कम्युनिस्ट नेतृत्वको सरकार आएपछि त्यसलाई केही शक्तिले पचाउन नसकेको बताए । ‘कम्युनिस्ट सरकार आयो अब त केके हुन्छ भनेर केहीलाई छट्पटी छ । त्यसैले सरकारविरुद्ध जे मन पर्यो तथ्यांक यहीँ बोलेर हिडिरहेका छन्’, मन्त्री अर्यालले भन्नुभयो ।

मन्त्री अर्यालले कांग्रेसप्रति लक्षित गर्दै अब धेरै हारका पीडा नपोखेर रचनात्मक सहयोग गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ुअब धेरै हारका पीडा पोख्ने होइन प्रतिपक्षीले पनि सरकारले थालेको विकास र समृद्धिको कार्यमा रचनात्मक सहयोग गरेर जानुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको कुरा गर्दा ठूला कुरा गर्ने भनेर खिसिट्युरी गरिएको भन्दै मन्त्री अर्यालले सरकारले ठूलादेखी साना सबै काम गर्दै जाने बताउनुभयो । सरकारले रोजगारमुखी कार्यक्रम सञ्चालन गरेको भन्दै मन्त्री अर्यालले अब अन्तर्राष्ट्रिय बजारसँग ब्यापार गर्न पानीजहाज पनि सञ्चालन गरेरै छाड्ने बताउनुभयो । विकासका कुरा गर्दा ठूल्ठूला कुरा चाहिदैन रे । सरकारले साना ठूला सबै काम गर्नुपर्छ । सरकारले एकजना मात्र भएपनि रोजगार भएको घर होस् भनेर रोजगारमुखी कार्यक्रम शुरु गरेको छ । यसरी नै गाउँ गाउँमा साना कार्यक्रम र केन्द्रमा मेगा प्रोजेक्टहरु सञ्चालन गर्ने होु, मन्त्री अर्यालले भन्नुभयो ।

सरकारले सञ्चालन गरेको विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले गाउँबाट उत्पादन संकलन गरेर बजारीकरण गर्ने अभियानमा सरकार लागेको बताउनुभयो । त्यसका निम्ति योजना बनाएर लाग्न मन्त्री अर्यालले आग्रह गर्नुभयो । गाउँ गाउँमा उत्पादन गरेर तपाईं उद्यमशीलतामा लाग्नुस । तपाईहरुले गरेको उत्पादन संकलन गरेर बजारीकरण गर्ने अभियानमा सरकार लागेको छु, मन्त्री अर्यालले भन्नुभयो, ‘सबै गाउँलाई प्रभाव पार्नेगरी प्रमुख आधारमा केन्द्रित हुनुस् । ५ वर्षमा के गर्ने, १० वर्षमा के गर्ने भनेर योजना बनाएर लाग्नुस ।’

 

प्रदेशले विभिन्न आवेदनमुखी कार्यक्रम सञ्चालन गर्न लागेको भन्दै मन्त्री अर्यालले उद्यमशीलतर्फ लाग्न मन्त्री अर्यालले आग्रह गर्नुभयो । उहाँले सहकारीताको मोडलमा सामुहिकतामा उद्यमशीलतामा लाग्न आग्रह गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम