साकोस सुपरिवेक्षण कार्यक्रमका लागि कर्मचारीहरुलाई जोखिम व्यवस्थापन कार्यशाला गोष्ठी


धुलिखेल । नेफ्स्कूनको आयोजना र एशियाली ऋण महासंघ (ब्ऋऋग्) को प्राविधिक सहयोगमा बचत तथा ऋण सहकारीको जोखिम व्यवस्थापन कार्यशाला गोष्ठी काभ्रेको धुलीखेलमा सम्पन्न भएको छ । नेफ्स्कूनको सदस्य सेवा विभाग र कार्यक्रम विभागमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरी गहन साकोस जोखिम सुपरिवेक्षण प्रशिक्षण दिने र साकोसमा पहिचान गरिएका विद्यमान जोखिम सम्बन्धमा वृहत छलफल गर्ने उद्देश्य सहित सञ्चालित कार्यक्रम शुक्रबार देखि आईतबारसम्म सञ्चालन भएको थियो ।

साकोस जोखिम सुपरिवेक्षण सम्बन्धमा अकुका प्रमुख कार्यकारी अधिकृत एलिनिता भि.स्यान रोक्यु र अकुका प्राविधिक कन्सल्ट्यान्ट रञ्जित हिताराचीले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणका क्रममा सहभागी प्रशिक्षकहरुले साकोसको वास्तविक जोखिम पत्ता लगाउन प्रयोेग हुने जोखिम मापन सूचकहरुको परीक्षण प्रभावकारीता र साकोस सुशासन मापनका लागि आवश्यक सम्पूर्ण नीति, बजेट तथा योजना, कार्यविधि र सञ्चालक समिति तथा लेखा समिति निर्णय पुस्तिका प्रयोग सम्बन्धी विस्तृत परीक्षण गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यशाला गोष्ठीलाई संवोधन गर्दै नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले नेपालको साकोस अभियानमा अकुको महत्वपूर्ण भूमिका रहँदै आएको बताउँदै अकुबाट निरन्तर प्राविधिक लगायत अन्य सहयोगहरु प्राप्त भईरहेको बताउनुभयो । साकोस अभियान दीगो साकोस निर्माणको अभियान भएकोले अभियानको निरन्तरता र गुणस्तर सुधारका लागि कर्मचारी सक्षमता प्रमुख हुने हुँदा अनुगमन सुपरिवेक्षणमा कार्यरत कर्मचारीहरुलाई समय अन्तरालमा क्षमता अभिबृद्धि गरिनु अनिवार्य रहेको बताउनुभयो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले साकोसको अनुगमन तथा सुपरिवेक्षणमा कर्मचारीको भूमिका सबैभन्दा महत्वपूर्ण छ, गहन बस्तुगत अनुगमन तथा सुपरिवेक्षणका लागि दक्ष कर्मचारी विकास गर्ने र विद्यमान जोखिम विश्लेषण सहित समस्याको पहिचान र समाधानका लागि कर्मचारीहरु निरन्तर क्षमता अभिबृद्धिमा लाग्न आग्रह गर्नुभयो । नेपालका साकोसहरुको विद्यमान अवस्था र नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितताको कार्यक्रममा सहभागी साकोसहरुमा आएको सुधारात्मक पक्षहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यशालामा साकोसमा देखिने वित्तीय तथा गैर वित्तीय जोखिम मापनका सूचकहरु (पल्स) को विश्लेषण, छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यशाला सहजिकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो । त्रि दिवसीय कार्यशालामा सहभागी कर्मचारीहरुलाई नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकारी सापकोटाले प्रमाणपत्र प्रदान गर्दै कार्यशाला समापन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको