उद्यमशिल युवा महिलाहरुका लागि सञ्चालित सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न


 पर्वत । उद्यमी युवा महिलाहरुका लागि फलेवास नगरपालिका वडा नं. २ थापाठानामा सञ्चालित ३ दिने सहकारी लेखा व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ ।   इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा फलेवास नगरपालिका वडा नं. १, २ र ९ का २० जना उद्यमी किशोरीहरुको सहभागिता रहेको थियो ।

स्थानीय स्तरमा खेर गैरहेका वस्तुहरुको उपयोगका साथै कुखुरापालन, तरकारी खेती लगायतका क्षेत्रमा क्रियाशिल भई उद्यमशिल बनेका किशोरीहरुलाई सहकारीमा आवद्ध गराई संस्थागत रुपमा अगाडि बढाउनका लागि तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

 

तालिमका प्र्रशिक्षक राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले युवाहरुलाई सहकारीमा आवद्ध गराई स्थानीय श्रम, सिप र पूँजिलाई परिचालन गर्ने कार्यमा तालिम सहयोगी हुने बताउनु भयो । युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम बनाएर उत्पादनमा केन्द्रीत गराउने र उनीहरुले उत्पादन गरेका वस्तुहरुको संकलन सहकारी संस्था र बजारीकरण स्थानीय सरकारले गर्नु पर्नेमा उहाँको जोड थियो ।

सहकारीमा आवद्ध हुने युवा महिलाहरुलाई वित्तीय व्यवस्थापनका बारेमा जानकारी गराउनका लागि आयोजित तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता सहित सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको इन्प्रेड नेपाल पर्वतका सामाजिक परिचालक भोजराज भुषालले जानकारी दिनुभयो ।

 

समुहमा वचत संकलन, आयआर्जन तथा क्षमता विकासका विभिन्न कार्यक्रम गर्दै आएका किशोरीहरुलाई संगठित गराई उनीहरुलाई थप आयआर्जनमा केन्द्रीत गराउन सहकारी संस्था गठन गर्न लागिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक टुक शर्माले जानकारी दिनुभयो ।

आम्दानी बढाएर तथा खर्च कटाएर बचत गर्दै आएका किशोरीहरुलाई आफै लेखा राख्न सिकाउने तथा सहकारी संस्था दर्ता पछि लेखा व्यवस्थापनका लागि तालिम सहयोगी भएको तालिमका सहभागी सुमित्रा कार्कीले बताउनुभयो । उहाँले समाज रुपान्तरणका विभिन्न कार्यसंगै समुहमार्फत बचत संकलन र परिचालन गर्दै आएको जानकारी गराउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम