दिगो विकास लक्ष्यका लागि संयुक्त रुपमा काम गर्न एनसीएफ र यूएनडीपीबीच सम्झौता


जनकपुर ।  राष्ट्रिय सहकारी महासंघ, नेपाल (एनसीएफ) र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालबिच प्रदेश नं. २मा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिकालाई मजबुद बनाउने विषयमा सम्झौता भएको छ । मंगलबार प्रदेश नं. २ को राजधानी जनकपुरधाममा महासंघ र यूएनडीपीबिच सो सम्झौता पत्रमा हस्ताक्षर भएको छ । महासंघकातर्फबाट अध्यक्ष श्री केशवप्रसाद बडालज्यू र यूएनडीपीका तर्फबाट कन्ट्री डाइरेक्टर रिनाउड मेयरबिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

२०३० सम्ममा सबै आयामहरुमा गरिवीको अन्त्य गर्ने र सुरक्षित विश्व निर्माण गर्नका लागि तयार गरियोे विश्वव्यापी सम्झौतका रुपमा दिगो विकास लक्ष्य रहेको छ ।

यूएनडीपी र एनसीएफबिच भएको सम्झौतामा दिगो विकास लक्ष्यको विषयमा सचेतना जगाउन संयुक्त रुपमा पहल गर्ने र सबै स्टकहोल्डर तथा सबै तहका सहकारी संघ/संस्थाहरुलाई दिगो विकास लक्ष्यका लागि योगदान दिनका लागि पैरवी गर्ने उल्लेख छ ।

यो साझेदारीले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको योगदानलाई अधिकतम बृद्धि गर्नका लागि अन्य विकल्पको समेत खोजी गर्ने छ ।
‘राष्ट्रिय सहकारी महासंघ नेपालसँगको यो साझेदारीले दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न र लक्ष्य प्राप्तिमा उनीहरुको योगदान दिनका लागि देशभरि रहेका सहकारीको विशाल नेटवर्कले महत्वपूर्ण काम गर्ने हामीले विश्वास लिएका छौं,’ यूएनडीपी नेपाल निवासी प्रतिनिधि रेनाउड मेयरले जनकपुरमा सम्झौतापत्रमा हस्ताक्षर गरेपछि भन्नुभयो ।

उहाँ थप्नुहुन्छ,‘सामाजिक–आर्थिक सशक्तिकरण, सहभागीता र समावेशिताको महत्वपूर्ण अंगका रुपमा सहकारी रहेको छ । त्यहि अवधारणमार्फत कसैलाई पछाडी नपारी अगाडि बढ्नु नै विश्वव्यापी लक्ष्यको पनि उपलब्धी हो ।’ उहाँले अन्य प्रदेशमा पनि यस्तो खाले साझेदारी गर्न सहकारीहरुलाई अनुरोध गर्नुभयो ।

‘दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि दिनानिर्देश निर्माण गर्न हामी प्रतिबद्ध रहेका छौं र निरन्तर रुपमा सबै तहका सहकारीको क्षमता बृद्धि गर्ने छौं, जसका कारण उनीहरुले दिगो विकास लक्ष्य प्राप्तिका लागि निश्चित भएर योगदान दिन सक्ने छन् ।’ राष्ट्रिय सहकारी महासंघ, नेपालका अध्यक्ष केशवप्रसाद बडालले बताउनुभयो ।

सम्झौता अनुसार एनसीएफले आफ्नो गतिविधिमा दिगो विकास लक्ष्यलाई जोड्ने छ । जसले सकारात्मक र दिर्घकालिन योगदान सिर्जना गर्नका लागि भूमिका खेल्ने छ । यूएनडीपी र एनसीएफले दिगो विकास लक्ष्यको प्रगतिका लागि सहकारीलाई स्थानीय तथा प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने अनुकुल वातावरण निर्माण गर्नका लागि योजना बनाइ कार्य गर्ने सहमति समेत भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न