ललितपुर बचत संघमा नयाँ नेतृत्व, बजगाई प्यानलै बिजयी


ललितपुर । ललितपुर जिल्ला बचत संघमा नयाँ नेतृत्व चयन भएको छ । रामहरि बजगाईको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । संघको २४ औं साधारणसभाले बजगाईं प्यानललाई नै नयाँ नेतृत्वमा चयन गरेको हो ।
नयाँ नेतृत्वका लागि घिमिरे प्यानलनका दुई सञ्चालक बाहेक सबै बजगाई प्यानलबाट निर्वाचित भएका छन् ।घिमिरे प्रजातान्त्रिक पक्षधर हुन् भने बजगाईं वामपन्थी धारका हुन् ।

यसअघि बजगाई बचत संघको सचिव थिए । उनका प्रतिष्पर्धी वर्तमान अध्यक्ष रामशरण घिमिरेलाई पछि पार्दैै बजगाई अध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरे दुई कार्यकाल अध्यक्ष भएका थिए ।

स‌ंघको बरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्राचार्य, महिला उपाध्यक्षमा लक्ष्मी शाक्य, सचिवमा श्यामकुमार महर्जन र कोषाध्यक्षमा दिपक घिमिरे निर्वाचित भएका छन् ।

त्यसैगरी सञ्चालक गणेश कुँवर र श्याम बजगाईबाहेक सबै बजगाई प्यानलबाट निर्वाचित भएका छन् । नवराज शिवाकोटी, रुपेश तिमल्सिना, सुशीलचन्द्र घिमिरे, सानुकाजी महर्जन, बसन्त माली, कृष्ण श्रेष्ठ, नरेश महर्जन र सरिता अवाल निर्वाचित भएका छन् ।


त्यस्तै लेखा लेखा तथा सुपरिवेक्षण समितिको संयोजनमा अशोक महर्जन र सदस्यमा राजेन्द्र घिमिरे र जितेन्द्र महर्जन निर्वाचित भएका छन् । घिमिरे प्यानलका सञ्चालकमा नरेन्द्र मर्हजन, उज्वला बर्चाचार्य निर्वाचित भएका छन् ।
यसैबीच सहकारी नेपाल डटकमसँग कुराकानी गर्दै संघका नवनिर्वाचित अध्यक्ष रामहरि बजगाईले सहकारीको व्यावसायिक कर घटाउन पहल गर्ने, निःशुल्क तालिम दिने,  कानुनी, लेखा परीक्षणमा संस्थालाई सहजिकरणगर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।

त्यस्तै विभिन्न निकायबाट सहुलियत ऋण लिएर सदस्य सदस्यलाई प्रदान गर्ने कार्ययोजना रहेको उनले बताए ।  महिला सहकारीलाई सफ्टवेयर निःशुल्क दिने, स्थानीय तहसम्म सेवा केन्द्र पु¥याउने, निश्क्रिय सहकारी सञ्चालन गर्ने अठोट लिएका छन् ।

अध्यक्ष बजगाईले संघको पाँच वर्षमा जग्गा किन्ने र आउँदा दिनमा नेतृत्व हस्तान्तरणलाई ध्यनमा राख्ने बताएका छन् ।

त्यस्तै संघको कारोबार पाँच अर्ब पु¥याउने र नेतृत्व विकासमा जोड दिने उनको योजना छ । संघको कारोबार अहिले ५० करोड पुगेको छ ।
ललितपुरमा ५१९ बचत ऋण सहकारी छन् ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर