नेतृत्वमा महिलाको ३३ प्रतिशत सुनिश्चिता गराउन दबाब  दिने


ललितपुर ।  नेतृत्वमा महिलाको ३३ प्रतिशत सुनिश्चिता गराउन दबाब दिनेसहकारी क्षेत्रको नेतृत्वमा महिलाको ३३ प्रतिशतको सुनिश्चिता गराउनका लागि सहकारीकर्मी महिलाहरुले सबै संघ/संस्थाहरूको विनियम संशोधन गर्न दबाब दिने भएका छन् ।

सहकारीमा पदाधिकारीमा कम्तिमा १ जना रहने गरी नेतृत्व तहमा ३३ प्रतिशत महिलालाई पु¥याउने लक्ष्य लिइएको छ । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी महासंघ लि. नेपालले आयोजना गरेको सहकारीमा महिला सशक्तिकरण र समावेशिता विषय गोष्ठीमा महिला सहकारीकर्मीहरुले यो निस्कर्ष निकालेका हुन् ।

नेपालको सहकारी क्षेत्रमा महिला सदस्यको सख्या ५१ प्रतिशत रहेको भए पनि नेतृत्व तहमा महिलाको सहभागीता अझै प्रयाप्त नभएको उनीहरुले बताएका छन् ।

सहकारीमा महिला सशक्तीकरण र समावेशिताका लागि सबै संघहरूमा छुट्टै महिला उपसमिति गठन गरी महिला सशक्तीकरणका लागि अनिवार्य रुपमा बजेट छुट्याउनका लागि लविङ गर्ने गण्डकी प्रदेश सांसद तथा राष्ट्रिय सहकारी महासंघ लि. नेपालकी संचालक प्रभा कोइरालाले बताइन् । महिलाहरूलाई आत्मनिर्भर बनाउन उद्यमशिलता कार्यक्रम अगाडी बढाउने र सहकारीमा महिलाको अवस्थाको विषयमा तथ्याङ्क संकलन गर्नका लागि गोष्ठीले मार्गनिर्देश गरेको कोइरालाले बताइन् ।

प्रारम्भिक सहकारीहरुलाई हेर्दा संचालक समितिमा लैङिक अवस्था सन्तोषजनक रहेको महासंघकी कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन् । ‘प्रारम्भिक तहका संस्थाहरुमा संचालकमा महिलाको उपस्थिति ३९ प्रतिशत भए पनि जिल्ला तथा केन्द्रीयस्तरका संघहरुमा महिलाको उपस्थिति कमजोर देखिन्छ । यसलाई सुनिश्चिता गर्न सकेको खण्डमा मात्र नीति निर्माण तहमा महिलाको पहुँच पुग्छ’ उनले भनिन्, ‘ अनौपचारिक रुपमा सहमति गरिन्छ बैठकमा त्यहि सहमतिलाई औपचारिकता दिने काम हुने भएकाले पनि महिला संचालकमा भएर पनि निर्णय प्रक्रियामा पहुँच हुन नसकेको हो ।’

केन्द्रीय तथा राष्ट्रिय संघहरुको नेतृत्वमा १७ प्रतिशत मात्र महिला रहेका छन् । महिलाले नै संचालन गरेको ४ हजार बढि सहकारी भएकाले प्रारम्भिक तहका सहकारीमा पनि ३९ प्रतिशत सहभागीता देखिएको महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले बताइन् ।  महिला सशक्तिकरणका लागि नीति, कार्यक्रम तथा बजेटको व्यवस्थाका लागि नेतृत्वलाई बुझाउन कठिन र सामाजिक सोचका कारण अझ पनि महिलालाई मुख्य ठाउमा स्थान दिन कठिाइन भएको अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड सदस्य समेत रहेकी ओमदेवी मल्ल बताउँछिन् ।

देशभरि रहेका २० वटा केन्द्रिय संघहरुमा २ सय ३ जना संचालकमध्ये ५० जनामात्र महिला रहेको राष्ट्रिय सहकारी बैंक लिकी संचालक सरिता तिमल्सिनाले बताइन् । सहकारी क्षेत्रमा ५३ दशमलब २६ प्रतिशत कर्मचारी महिला रहेको बताइएको छ । करिब ३५ हजार सहकारीमध्ये १२ प्रतिशत महिलाले मात्र संचालन गरेको सहकारी रहेको तथ्यांक छ । राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालले सहकारी बाक्लो भएका जिल्लाहरुमा महिलाको नेतृत्व विकास भएको औल्याए ।

उनले महिलाको सशक्तिकरणका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको र अब उत्पादनमा सहकारीलाई जोड्नुपर्नेमा जोड दिए । संचार तथा सूचना प्रविधि मन्त्रालयकी सह सचिव राधिका अर्यालले महिला सशक्तिकरणमा योगदान दिएको महिला विकास कार्यक्रम स्थानीय तहमा गएसँगै यसबाट प्रवर्धित महिला सहकारी संस्थाहरुमा समस्या सिर्जना भएको गुनासो आएको बताइन् ।

उनले स्थानीय तहको प्राथमिकतामा महिला उत्थानका लागि प्रवर्धित महिला सहकारी पर्न नसकेका कारण यो कार्यक्रममा चुनौती देखिएको बताउँदै स्थानीय तहले यसलाई सम्बोधन गर्न सके महिला समावेशिता र सशक्तिकरणमा यसले अहम भूमिका खेल्ने दावी गरिन् ।नेपालमा २०३८ मा ८ जना कर्मचारीसहित महिला विकास शाखा खडा भई यो कार्यक्रम शुरु भएको थियो ।

महिला विकास कार्यक्रमका २ हजार सहित नेपालमा ४ हजार ७२ वटा सहकारी महिलाहरुबाट महिलाका लागि मात्र संचालन भएका छन् । महिला विकास कार्यक्रमबाट ११ लाख ५४ हजार बढी ग्रामीण विपन्न महिलाहरुलाई समूहीकरण गरिएको अवस्था छ  । अर्यालका अनुसार महिला विकास कार्यक्रममार्फत ११ हजार बढी लैङ्गिक हिंसा निगरानी समूहहरु गठन गरि ६ अरब बचत परिचालन भएको छ । इलाम जिल्ला सहकारी संघकी अध्यक्ष विष्णु दाहालले महिला विकास जिल्ला कार्यालय खारेज गर्दा महिला मारमा परेको बताइन् ।

दोलखाकी पार्वती श्रेष्ठले महिला विकासको कार्यालय र डिभिजन सहकारी कार्यालयलाई स्थानीय तहले वेवास्ता गर्दा सशस्त्र प्रहरीको कार्यालय बसेको गुनासो गरिन् । सह सचिव अर्यालले संघियता कार्यान्वयनमा इमान्दार हुँदा महिला विकासका कार्यालय खारेज भएको स्पष्ट पार्दै स्थानीय तहलाई यसको महत्व बुझाउन महिला अग्रसर हुनुपर्ने औल्याइन् ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम