दोलखामा पर्ल्स अनुगमन तालिम


 चरिकोट ।  राष्ट्रिय सहकारी बैक लिमिटेड शाखा कार्यालय दोलखाको आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड दोलखाको समन्वयमा संञ्चालित ३ दिने पर्ल्स अनुगमण सम्बन्धि तालिम आज सम्पन्न भएको छ ।

बैकको चरिकोट शाखाका प्रमुख हेमन्त चौलागाईको अध्यक्षतामा भएको समापन कार्यक्रममा तालिममा सहभागी राम प्रसाद चौलागाई र सविता थामीले तालिममा सिकेको कुरा व्यवहारिक रुपमा लागु गरी आफु कार्यरत संस्थालाई उत्कृष्ट संस्था बनाउने बताउँदै अन्य थप तालिमहरु पनि संञ्चालन गर्न बैक समक्ष माग गरकेका छन ।

यसैगरी प्रशिक्षक मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले तालिममा सिकेको सिप ज्ञानलाई कार्यान्वयण गर्न र अरुलाई सिकाउन पनि अनुरोध गर्नु भयो । तालिमको समापन गर्दै बैकको चरिकोट शाखाका प्रमुख हेमन्त चौलागाईले सहकारी संघ/संस्थामा तालिम तथा शिक्षाको माध्यमले नै संस्थालाई सक्षम र उत्कृष्ट संस्था बनाउने उल्लेख गर्दै बैकले संञ्चालन गर्न अन्य तालिमहरुमा पनि सहभागी हुन सहभागीलाई अनुरोध गर्नु भयो ।

फाल्गुन २६ गते देखी संञ्चालन भएको तिन दिने तालिममा दोलखा जिल्लाका विभिन्न सहकारी संस्थाहरुमा कार्यरत ३१ जना कर्मचारीहरुको सहभागी रहेको थियो । भने तालिम कार्यक्रमको चरिकोट शाखाका कर्मचारी बलराम के.सीले संञ्चालन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम