साकोस एकीकरणले गुणात्मक सेवा दिन सजिलो हुने


दाङ ।  साकोस एकीकरण भए गुणात्मक सेवा दिन सकिने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । नेफ्स्कूनको आयोजना एवम जिल्ला बचत तथा ऋण सहकारी संघ लि दाङको व्यवस्थापन सहयोगमा दाङको घोराहीमा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि १ दिवसीय साकोस एकीकरण गोष्ठीका अवसरमा बोल्ने वक्ताहरुले एकीकरणले सदस्यको दोहोरोपना हट्ने बताए ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि दाङका अध्यक्ष रुप बहादुर खत्रीको अध्यक्षतामा एवम नेफ्स्कूनका अध्यक्ष डी।बी। बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, महासचिव चन्द्र प्रसाद ढकाल, लेखा संयोजक दामोदर अधिकारीले आ आफ्नो ठाँउको सफल एकिकरणको उदाहरण दिदै अब साना, टुक्रे र कमजोर सहकारी बन्नुको साटो ठूला, बलिया र बिश्वासिला सहकारी बन्नु पर्ने र सो को लागि एकीकरण नै उत्तम बिकल्प भएको मत राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले दोलखाको जिरीमा भएको सफल एकीकरणको प्रशंग उठाउदै एकतामानै बल हुने बताउनु भयो । उहाले एकीकरण गर्नका लागि सबैले आ आफ्ना व्यक्तिगत स्वार्थहरु त्यागी साझा बिचारमा आउनु पर्नेमा जोड दिनु भयो । उहाँले सहकारी ऐन, सम्पत्ति शुद्धीकरण ऐन, कर समायोजन, दोहोरो सदस्यता, कोपोमिस, सफ्टवयर, नेफ्स्कूनको अन्तरलगानी कार्यक्रम सम्बन्धमा सहभागीहरुलाई जानकारी गराउँदै नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा सहभागी भई स्वस्थ साकोस निर्माण गर्न सहभागी साकोसकर्मीहरुलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य, उपसमिति सदस्य, ५ नं। प्रदेश भित्रका जिल्ला बचत तथा ऋण सहकारी संघ लि।का अध्यक्ष एवम प्रतिनिधिहरु, सहकारीकर्मीहरु दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार लगायत गरी १२० जनाको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम