कर्जा असुली ब्यबस्थापन तालिम सम्पन्न


ललितपुर ।राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय लगनखेलको आयोजनामा २ दिन सम्म संचालित कर्जा तथा असुली ब्यबस्थापन तालिम सम्पन्न भएको छ, तालिम समापनको अबसरमा बैंकका संचालक रामहरी वजगाई , ललितपुर जिल्ला बचत संघका संचालक कृष्ण श्रेष्ठ तथा बैंकको कर्जा विभाग प्रमुख प्रमोद कुमार घिमिरेको आतिथ्यता रहेको थियो, उक्त अबसरमा संचालक वजगाईले सहभागीहरुलाई तालिममा सिकेका ज्ञानहरुलाई व्यवहारमा उतार्दै, सहकारी संघरसंस्थाहरुमा कार्यान्वयन को खाँचों भएको कुरा औल्याउनु भएको थियो ।

प्रभावकारी कर्जा व्यवस्थापन, कर्जामा निहित असुलीमा आउने समस्या त्यसमा रहेका जोखिम, कर्जा सदुपयोगिता, कर्जा अशुलीका विधिहरु कर्जा लगानी र त्यसको सहि उपयोग मार्फत सहकारी संस्थामा आबद्ध सदस्यको जीवन स्तरमा ल्याउन सकिने परिवर्तन लगायतका विषयहरु लाई समाबेश गरि संचालित तालिमलाई बैंकका विभागीय प्रमुख प्रमोद कुमार घमिरे र लगनखेल शाखा प्रमुख रमा घिमिरेले सहजीकरण गर्नुभएको थियो, तालिम समापनको अबसरमा तालिमलाई सहभागी द्वारा अन्तिम मूल्यांकन गर्ने व्यवस्था समेत मिलाइएको थियो ।

बैंकको लगनखेल शाखा प्रमुख रमा घिमिरेको संचालनमा ललितपुर क्षेत्रका सहकारी संघरसंस्थाहरुवाट ३१ जना प्रतिनिधिहरुको यस तालिममा सहभागिता रहेको थियो भने तालिम लगनखेल संचयकोष भवनमा संचालन भएको थियो ्र


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम