सहकारीलाई उत्पादननर्फ लगाउनुहोस् : प्याकुरेल


काठमाडौं । राष्ट्रिय सहकारी बैंकका सल्लाहकार तथा अर्थविद प्राडा बिश्वम्वर प्याकुरेलले सहकारीलाई उत्पादनतफै केन्द्रीत गर्नुपर्ने जोड दिएका छन् ।

श्रीलंका र माल्दिव्सको लागी राजदूत नियुक्त भएका प्याकुरेललाई राष्ट्रिय सहकारी बैंकले बिदाइ गर्ने क्रममा बोल्दै उनले सहकारीले कृषिमा लगानी गर्नुपर्ने बताए ।

प्याकुरेलले सहकारीहरुको एक मात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकले देशभरका सहकारीहरुलाई उत्पादनमा केन्द्रीत गराउने खालका कार्यक्रम बनाएर अगाडि बढ्न सुझाव दिदै उहाँले उत्पादनमा युवा तथा महिलाको सक्रिय सहभागिताको माध्यम सहकारी क्षेत्र नै रहेको हुदा बैंकले त्यस क्षेत्रमा समेत थप भूमिका निभाउनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

राष्ट्रिय सहकारी बैंकका तर्फबाट अध्यक्ष के।बि। उप्रेति, प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई लगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुले उहालाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न