संस्थागत फाइदा र नाफाको लागि मात्र काम गर्न नहुने


भक्तपुर । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाज सुधारको निम्ति सहकारी संस्थाको भूमिका महत्वपूर्ण हुने भएकोले सहकारी संस्थाहरुले संस्थागत फाइदा र नाफाको लागि मात्र काम गर्नु उचित नभएको बताउनुभएको छ ।

 

बाराही साकोस भक्तपुरको आयोजनामा सम्पन्न एक्सेस कार्यक्रममा आबद्ध प्रथम समूहका साकोसहरुको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला उद्घाटनका क्रममा नगर प्रमुख प्रजापतिले सहकारीको पैसा देश र समुदायको हितको निम्ति परिचालन हुनुपर्ने र देशलाई आत्मनिर्भर बनाउन कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभएको हो ।

 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य नानीकाजी शाक्यले एक्सेस ब्रान्डले देशको सहकारी अभियानमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै सहकारी संस्थाहरुले व्यापक जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

 

जनसचेतन साकोस काभ्रेका अध्यक्ष भिमप्रसाद दाहालले सरकार र सरकार सञ्चालन गर्ने कर्मचारीहरु सहकारी संस्था बलियो बनाउनको लागि सकारात्मक ढंगले लाग्नको लागि आव्हान गर्नुहुँदै सहकारीलाई सही ढंगले सञ्चालन गर्न सहकारी अभियानहरुले महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो ।

 

बाराही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्था भक्तपुरका अध्यक्ष कृष्णगोविन्द लाखाजु, बाराही बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य राधेश्याम सुवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यशालामा सूचना प्रविधि विशेषज्ञ अनुप बास्कोटाले सहकारी क्षेत्रमा सूचना प्रविधिको प्रयोग, राज्यको नीति र प्रविधिसँगै आइपर्ने चुनौतिहरुको विषयमा अभिमुखिकरण गर्नुभएको थियो । उक्त अवसरमा साकोसहरुलाई सूचना प्रविधि सम्बन्धी नीति र कार्यविधिको आवश्यकता बारे गहन छलफल गरिएको थियो ।

 

कार्यशालामा एक्सेस प्रथम समूहका साकोसहरुको प्रगति बारे समीक्षा, साकोसका नविनतम आयामहरु लगायतका विषयसहित कार्यशालाको सहजीकरण नेफ्स्कूनका विभागीय प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो ।

 

नेफ्स्कूनद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा आबद्ध प्रथम व्याचका साकोसहरुको २० औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला चैत्र ११ गते बाराही साकोस भक्तपुरको आयोजनामा सम्पन्न भएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विपतमा सहकारीको भूमिका प्रशंसनीय नेफ्स्कून अध्यक्ष
मेची कोशी तेस्रो क्लस्टरको तेस्रो कार्यशाला (PALM Workshop) धरानमा सम्पन्‍न
तरकारी बजारमा क्यूआर कोडमार्फत् भुक्तानी
पूर्वका पाँच साकोसबीच एकीकरण