बागलुङमा सहकारीका सञ्चालकको क्षमता अभिवृद्धि तालिम


 बागलुङ ।  राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि सम्बन्धी एक दिने तालिम शनिवार सम्पन्न भएको छ ।   बैंकले आफ्ना सदस्य संघ संस्थाका सञ्चालकहरुलाई नयाँ नीति नियम र प्रविधि सहित सहकारी सञ्चालनका लागि सचेतना प्रदान गर्ने गरी तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

 संघीय संरचना अनुसार तीन तहका सरकारले सहकारीको दर्ता, नियमन, अनुगमन लगायतका काम गर्ने भएकाले सहकारी सञ्चालनमा थप सहजताका लागि तालिममा बैंकका शिक्षा तथा तालिम विभाग प्रमुख राम बाबु आचार्यले सहजीकरण  गर्नु भएको थियो ।

तालिममा सहकारी सञ्चालन प्रक्रिया, सहकारीका लागि कानुनी परिवेश र सञ्चालकको दायित्व, सहकारीमा नीतिगत व्यवस्था, पल्र्स, सहकारीको योजना, संस्थामा सञ्चालकको जिम्मेवारी लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

सहभागितात्मक रुपमा सञ्चालन गरिएको तालिममा बागलुङका विभिन्न सहकारी संघ संस्थाहरु ४५ जना सञ्चालकहरुको सहभागिता रहेको राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख शैली खड्काले जानकारी दिनुभयो ।   नयाँ संरचना अनुसार आफ्नो संस्थालाई थप प्रभावकारी रुपमा अगाडि बढाउनका लागि तालिम सहयोगी भएको तालिमका सहभागीहरुले बताएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको