हाजिरी जवाफ प्रतियोगीतामा हरियालि सहकारी प्रथम


दाङ । ”दीगो बिकास लक्ष्य प्राप्तिको लागी सहकारी”भन्ने मुल नाराका साथ मनाइरहेको ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित सप्ताहाब्यापी कार्यक्रमहरु अन्र्तगत जिल्ला स्तरीय अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगितामा हरियालि बचत तथा ऋण सहकारी संस्था लि सिसहनिया, देउखुरी प्रथम भएको छ । राष्ट्रिय सहकारी बैंक लि शाखा कार्यालय दाङको आयोजनामा संचालित तेस्रो अन्तर सहकारी रनिङ सिल्ड प्रतियोगिता सहकारी दिवस मुल समारोह समिति संयोजक गोबिन्द प्रसाद शर्माको अध्यक्षतामा भएको थियो । हरियाली सहकारीले लगातार तेस्रो पटक बिजेता हुद रनिङ सिल्ड सधैको लागी हातपार्न सफल भएको छ । कार्यक्रमा जिल्लाका सबै क्षेत्रका १६ वटा सहकारी संस्थाहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा धनपति बचत तथा ऋण सहकारी संस्था लि घोराही द्धितिय, हाम्रो पहँुच बहुउदेश्यीय सहकारी संस्था लि तुलसिपुर तृतिय र भृकुटी महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि।लालमटीया सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि घोराही उपमहानगरपालिका अर्थ बिकास समितिका संयोजक राममण्डी पाण्डेले सहकारी क्षेत्रको बौद्धिक स्तर उकास्ने खालको यो कार्यक्रम निरन्तर संचालन भैरहेको र हरेक वर्ष कार्यक्रम र सहभागिहरुको स्तरमा सकारात्म बिकास देखिएको भन्दै यस्ता बौद्धि पक्ष संग सम्वन्धित कार्यक्रमहरु अधिक मात्र गर्न सकेनै सहकारी गुणत्मक बिकासमा टेवा पुग्ने धारणा राखनु भएको थियो, कार्यक्रमका अतिथि घोराही उपमहानगरपालिका सहकारी शाखा प्रमख प्रेम के।सी।ले यो कार्यक्रमका माध्यवाट सहकारी क्षेत्र संग सम्विन्धित, सहकारी ऐन, सम्पती सुद्धिकरण निवारण ऐन, कोपोमिस, श्रम ऐन जस्ता बिषयवस्तुहरु को ज्ञान सहित भएकोमा खुसि ब्यक्त गदै कार्यक्रम आयोजलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा बहुउदेश्यीय सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ लि का सचिव बिमल अधिकारी, बैंकका दाङ शाखा ब्यवस्थापन समिति पुर्व संयोज भरत बुढाथोकी लगाएतले शुभकामना मन्त्वय राखनु भएको थियो भन्ने कार्यक्रममा बचत संघका उपाध्यक्ष हुमा डि।सि।, कोषाध्यक्ष शिवध्वज मल्ल, संचाल कुमारराज श्रेष्ठ, सहकारी संघका संचालक कृष्ण प्रसाद शर्मा, नेफस्कुन फिल्ड कार्यालय दाङका प्रमुख बेद प्रसाद भट्टराई, कार्यक्रम अधिकृत सन्दिप ढकाल लगाएत अतिथिको उपस्थिति रहेको थियो । कार्यक्रम बैकका दाङ शाखा प्रमुख नारायण बेल्वासेको सहजिरकण र कृषि सहकारी संघ दाङका अध्यक्ष पदमा आचार्य को स्वागत मन्त्वयमा सम्पन भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम