पत्रकार हुमागाई र कुँवर सम्मानित


काठमाडौं ः भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडाललाई ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सम्मान गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी महासंघले ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बडालसहित विभिन्न व्यक्ति तथा सहकारी संघ÷संस्था पुरस्कृत गर्नुभएको हो । मन्त्रालयले महासंघका पुर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, केन्द्रीय कृषि सहकारी संघ लि.का अध्यक्ष खेम पाठकलाई समेत नगद १ लाख ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरेको छ । त्यसैगरि कारोबार दैनिकका पत्रकार यादव हुमागाई र नयाँ पत्रिका दैनिककी मुना कुँवरलाई जनही ५० हजारबाट पुरस्कृत गरिएको छ ।
सो अवसरमा मन्त्रालयले सातै प्रदेशका उत्कृष्ट सहकारी संघ÷संस्थालाई समेत नगद २ लाख बाट पुस्कृत गरेको छ । यसरी पुरस्कृत हुने संस्थाहरुमा झापाको नेपाल बहुउद्देश्यी सहकारी संस्था लि., धनुषाको साना किसान कृषि सहकारी संस्था लि, दोलखाको जनसचेतन साकोस, बाग्लुङको जिल्ला दुग्ध उत्पादक सहकारी संघ, बर्दियाको सिको साकोस, सुर्खेतको साना किसान कृषि सहकारी संस्था लि र कैलालीको नवजिवन सहकारी संस्था लि रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दिगो व्यवसायिकता विकासका लागि सहकारीः राज्यमन्त्री रानामगर
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन