नेपाल भ्रमणमा भारतीय सहकारीकर्मीहरु आउदै


-नारायण सापकोटा-

सूचना चौतारी सञ्चार सहकारी संस्था लि.को निमान्त्रणामा भारतका सहकारीकर्मीहरुको एक टोली जेष्ठ १० गते शुक्रबार नेपाल आउने भएको छ । भजनपुरा कोअपरेटीभ सोसायटी र दिल्ली हेल्थ केयर सोसायटीका वोर्ड सदस्यहरुले जेष्ठ १० गते  देखि १५ गतेसम्म नेपालका विभिन्न सहकारी संस्थाहरुको अध्ययन तथा अवलोकन भ्रमण गर्ने भएका छन ।

दिल्ली हेल्थ केयर सोसायटीका डीपीटी चेयरप्रसर्न यमपीयस दाँगीको नेतृत्वमा रहेको भ्रमण टोलीमा शिवदत्त सिंह, गजेन्द्र पाल सिंह सरन, शारदा रानी, डा.आपी सिंह, रजनी देवी, डिके शर्मा, आनन्द पाल चौहान, सरोज चौहान, आरपी गर्ग, मीना र यसयस पराशार रहेका छन् ।

भारतीय सहकारीकर्मीहरुको टोलीलाई सूचना चौतारी सञ्चार सहकारी संस्था लि, उपलब्धि बहुउद्देश्शीय सहकारी संस्था लि., महेन्द्रनारायण निधि सहकारी हस्पिटल, शुभेच्छा हस्पिटल, विराज साकोस, पञ्चकन्या साकोस,अलौकीक साकोस, मिलीजुली साकोस, सितापाइला बहुउदेश्सीय सहकारी संस्था लि. लगायतका सहकारी संस्थाहरुले विशेष स्वागत गर्ने भएका छन । भारतीय सहकारीकर्मीहरुको टोलीले जनपुर र लुम्बिनीको समेत भ्रमण गर्नेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम