कर्जा तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न


 नवलपरासी । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय कावासोतीको आयोजनामा २ दिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ ।   तालिम समापनका अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीहरुलाई व्यवस्थित बनाई राज्यले लिएको समृद्धिको अभियान सफल पार्न तालिम सहयोगी हुने धारणा व्यक्त गर्नु भयो ।

मानिस स्वस्थ रहनका लागि नियमित स्वास्थ्य परिक्षण गरे जस्तै सहकारीहरुको स्वास्थ्य अवस्था पत्ता लगाई उपचार गर्नका लागि कर्जा तथा जोखिम व्यवस्थापन तालिम आवश्यक रहेको बताउनु भयो ।   सहकारी बैंकको लक्ष्य देशभरका सबै प्रकृतिका सहकारीहरुलाई दीगो बनाउने रहेको भन्दै उहाँले वित्तीय सेवासंगै सहकारीहरुको क्षमता विकासका लागि सहकारी बैंक अगाडि बढेको बताउनु भयो ।

 

सहकारी बैंकले सबै प्रकृतिका सहकारी संघ संस्थाहरुको स्तरीकरण कार्यक्रम अगाडि बढाएको भन्दै जिसीले सहकारीहरुलाई व्यवस्थित रुपमा अगाडि बढाउनका लागि यो कार्यक्रम प्रभावकारी रहने र सहकारीको योगदान बढ्ने बताउनु भयो ।   कार्यक्रममा प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंक लेखा समितिका पूर्व सदस्य कुमार खत्रीले सहकारीलाई नीतिगत रुपमा सञ्चालन गर्न र सदस्यहरुको हितमा लगाउनका लागि शिक्षा तथा तालिम अति आवश्यक रहेको बताउनु भयो ।

 

 

कार्यक्रममा बैंकको कावासोती शाखाका प्रमुख अरुणा अधिकारीले सहकारी बैंकको ४४ औं शाखाका रुपमा स्थापित कावासोती शाखालाई अगाडि बढाउन नवलपुरका सहकारीहरुको योगदान रहेको बताउनु भयो । सहकारी बैंकले वित्तीय संगै सहकारीहरुको क्षमता विकासका लागि सहयोग गर्ने भन्दै उहाँले सबै सहकारीहरुलाई बैंकसंग कारोबार र सहकार्य गर्न आव्हान गर्नु भयो ।

 

कार्यक्रममा सहभागीहरु महिला बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक लक्ष्मी थापा अधिकारी र नवप्रगति बचत तथा ऋण सहकारी संस्थाका कर्जा प्रमुख उमापति भट्टराईले तालिमले सहकारीलाई व्यवस्थित गराउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँहरुले आगामी दिनमा पनि तालिमका कार्यक्रमलाई नियमितता दिन आग्रह समेत गर्नु भएको छ । कार्यक्रम राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय कावासोती व्यवस्थापन उपसमितिका संयोजक तिलक पराजुलीको अध्यक्षता र शाखाका कर्मचारी नारायण ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

तालिममा नवलपुर क्षेत्रमा क्रियाशिल ४० वटा सहकारी सस्थाका ५० जना व्यवस्थापक तथा कर्जाको जिम्मेवारीमा रहेका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको