नेफ्स्कून बोर्ड र उच्च व्यवस्थापन नगरकोटमा


नगरकोट, असार १ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (NEFSCUN)  को सञ्चालक समिति, लखा समिति र उच्च व्यवस्थापन असार १ गते देखि नेतृत्व विकास तथा रणनीतिक योजना निर्माण तालिममा जुटेको छ । यस तालिम कार्यक्रममा आवश्यक सुझाव ग्रहण गर्नका लागि नेफ्स्कूनले भूमि व्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी संघका प्रतिनिधिलाई समेत सहभागी गराएको छ । संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन (FAO), अन्तराष्ट्रिय श्रम संगठन (ILO),  अन्तराष्ट्रिय तालिम केन्द्र (ITCILO) को सहयोगमा हुन लागरेको उक्त तालिम भक्तपुरको नगरकोट असार ६ गते सम्म चल्नेछ ।

तालिमको उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी ऐन नियमको कार्यान्वयनमा नेफ्स्कूनले देखाएको तदारूकता प्रशंसनिय भएको बताए । सचिव मैनालीले सहकारीको कार्यक्षेत्र ठूलो बन्दै गईरहेको र जोखिम बढ्दो अवस्थामा देखिएकोले स्थिरीकरण कोषको शुरुवात गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताए । संघका अध्यक्ष डी.बी. बस्नेतले सहकारी ऐन र नियमावलीमा स्थिरीकरण कोष सञ्चालनको जिम्मा संघलाई दिइएकोले साकोस अभियानको धेरै अगाडि देखिको प्रयास सफल भएको बताए । स्थिरीकरण कोष सञ्चालनका लागि सरोकारबाला नियकायहरुसँग समन्वय गरि तत्काल कार्यविधि बनाएर अगाडि बढ्ने वस्नेतले बताए ।

पाँच दिन सम्म सञ्चालन हुने उक्त आवासीय प्रशिक्षणको औचित्य बारे सहकारी नेपालसँग कुरा गर्दै नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले नेफ्स्कूनको आगामी दिर्घकालिन रणनीति तयार गर्नका लागि समेत प्रभावकारी हुने जानकारी दिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको