सिको साकोसले मनायो प्रथम स्थापना दिवश


बि.स.२०५० मा ४२ जना सदस्य र रु. १६८० को पूजी लिएर दर्ता भएको बर्दिया जिल्लाको प्रथम बचत तथा ऋण सहकारी संस्था सिर्जना बचत तथा ऋण सहकारी संस्था २५ वर्षमा प्रवेश गरी गत वर्ष २०७५ असार १ गते तत्कालिन सिर्जना , कोशेली र लक्ष्मी साकोसहरु बिच एकिकरण गरी सिको बचत तथा ऋण सहकारी संस्थाको नाममा दर्ता भएको थियो । एकिकरण भएको दिनलाई संस्था स्थापनाको दिन मानेर २०७६ असार १ गते सिको साकोसले प्रथम स्थापना दिवश बनाएको छ । स्थापना दिवशको अवशरमा संस्थाले शिवपुर स्वास्थ्य चौकी बकुवामा एक दिने निःशुल्क कान परिक्षण तथा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा १६१ जनाको कान परिक्षण गरिएको थियो भने ३५ जनाले रक्तदान गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन शत्रमा संस्थाको अध्यक्ष श्री दामोदर अधिकारी को अध्यक्षतामा , कोशेली सेवाकेन्द्र बकुवाका जेष्ठ सदस्य श्री बासुदेव गौतमको प्रमुख आतिथ्यता , ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका कान विशेषज्ञ श्री दिपक बि.सि., शिवपुर स्वास्थ्य चौकी प्रमुख श्री राजेन्द्र सुवेदी तथा शिवपुर एकिकृत उपभोक्ता समितिका अध्यक्ष श्री दिपेन्द्र बहादुर बुढाले अतिथीको आसन ग्रहण गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष श्री उदय बहादुर खत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथीले सिको साकोस समुदायमा आधारितभै यस्ता थुप्रै सामाजिक कार्यक्रमहरु गरि रहेको र आजको यस कार्यक्रम पनि सदस्यहरुको हितका लागी गरेको हुनाले सफलताको शुभ कामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन शत्र समापन गर्दै सभाध्यक्ष श्री अधिकरीले सिको साकोस नेपालको एक उत्कृष्ट साकोस बनाउनु हुने सम्पूर्ण सदस्यहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।यस्तो निःशुल्क कान परिक्षण शिविरमा आई आफ्नो कान परिक्षण गरि फाईदा लिनु हुन समेत आग्रह गर्नु भएको थियो ।

सिको साकोेस एकिकरण पूर्व तत्कालिन सिर्जना साकोस नेपालको पूर्ण तथा व्यवसायिक बिकाश कार्यक्रम ( प्रोवेशन कार्यक्रम )मा सहभागी भै २ पटक सम्म प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल भएको थियो भने एकिकरण पछि पनि ब्राण्डलाई निरन्तरता दिन सफल भएको छ ।हाल नेपाल गुणस्तरको ब्राण्ड पाप्त गरी एसियाली स्तरको गुणस्तरका लागी एक्सिस कार्यक्रममा सहभागीता जनाई सकेको छ । गत ६२औं सहकारी दिवशको अवशरमा नेपाल सरकार भुमी व्यवस्था गरिवि निवारण तथा सहकारी मन्त्रालयले नेपालको उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान गर्दै सम्माननिय प्रधानमन्त्री ज्यूबाट नगद रु २ लाख र सम्मान पत्रबाट सम्मानित भएको थियो । साथै जिल्ला सहकारी संघ बर्दियाले पनि जिल्लाको उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान गरेको थियो ।

संस्था समुदायको गरिवी न्यूनिकरण तथा विपन्न वर्गलाई व्यवसायी बनाउनतिर उन्मुख रहेको देखिन्छ । संस्था स्थापनको १ वर्षमै २०७५ माघ ३ गते ठाकुरबाबा नगरपालिका भित्रका २ वटा सहकारी संस्था समेत सिको साकोस संगै एकिकरण भएका छन् । एकिकरण पश्चात सदस्यहरुले सहज रुपमा गुणस्तरिय वित्तिय तथा गैर वित्तिय सेवा पाएको सदस्यहरु बताउछन् । हाल संस्थाको ठाकुरबाबा नगरपालिका वडा नं. १ मा केन्द्रिय कार्यालय , ३ सेवाकेन्द्र र २ बचत संकलन केन्द्र गरी ६ ठाउबाट सदस्यहरुले सेवा प्राप्त गरीरहेका छन् । ६ कार्यालयमा १६ जना कर्मचारी रहेको यस संस्थाको कार्यक्षेत्र ठाकुरबाबा नगरपालिकाको सम्पूर्ण वडाहरु (१ देखी ९ सम्म) रहेको र अहिले सम्म २४ करोड सम्पती र ६५०७ जना सदस्य रहेको संस्थाले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर