बलम्बु च्याउँ सहकारी संस्थाको कारोबार आफ्नै भवनबाट शुरु


असार ५, काठमाडौं । चन्द्रागिरि नगरपालीका १२ मा संचालित बलम्बु च्याउँ सहकारी संस्थाले आजबाट आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । करीब २०० जना सदस्य को सहभागीता रहेको कार्यालय शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका संचालक केदार मानन्धरले बलम्बु च्याउ सहकारी संस्था उत्पादन क्षेत्रमा रही उदाहरणयिय बनेको बताउनु भयो। सहकारीहरु उत्पादनको क्षेत्रमा लाग्नु पर्ने भन्दै उक्त सहकारीले आफ्नो भवनमा कारोवार सुरु गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अझै धेरै प्रगतिको कामना गर्नुभयो ।

आज भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष धर्मेन्द्र महर्जनले मुलुकमा च्याउको अत्यधिक माग भए पनि त्यसको अनुपातमा उत्पादन हुन नसकेको जानकारी दिँदै सो खेतीलाई प्रवद्र्धन गर्न लागेका कृषकलाई संस्थाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । र सस्थांले च्याउँको उत्पादनमा निरन्तर काम गर्ने समेत बताउनु भयो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न