कागेश्वरी मनोहराका सहकारी छलफलमा


असार ८  काठमाडौं ।  हजुरको त्रिवेणी साकोसले कागेश्वरी मनोहरा नगरपालिका भित्र संचालित केहि सहकारी संस्थाहरूबीच सम-सामयिक विषयमा छलफल कार्यकम आयोजना गर्यो । कागेश्वरी मनोहरा नगरपालिका वडा न.३ का वडाअध्यक्ष श्री राममणि पुडासैनीको प्रमुख आतिथ्यमा सम्पन्न छलफलमा कागेश्वरी मनोहरा नगरपालिकाकासहकारी अधिकृत महापसाद गुरागाईविशिष्ट अतिथि रहनु भएको थियो भने आयोजक संस्थाका अध्यक्षसनोज भट्टराईको संयोजन गर्नु भएको थियो।

 सहकारी ऐन२०७४, सहकारी नियमावलि २०७५,सम्पति सुद्धिकरण निर्देशिका बारे चर्चा गर्दै तथा सामुहिक पतिवेदन तयार पार्ने,समिति बनाई सहकारीलाई अगाडि बढाउने जस्ता विषयमा छलफल भएको थियो ।सहकारीहरू दिनानुदिन खुलिरहेको अवस्थामा आगामि दिनमा कसरी सहकारीलाई अझ दिगो रूपमा संचालन गर्ने र विकास एवम् प्रबर्धनमा फाइदा पुगोस भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको संयोजकले बताए ।

कागेश्वरी मनोहरा नगरपालिकामा मात्र ४४ वटा सहकारीहरू संचालनमा छन् । यति धेरै संख्यामा सहकारीहरू आवश्यक नभएकोले सहकारीहरू मर्ज गरेर संचालनमा ल्याउन सके सहकारीहरूको विकासमा अझ फाईदा पुग्ने छलफलको निष्कर्ष रह्यो । कागेश्वरी मनोहरा नगरपालिकाको विकासको निम्ति सहकारीहरूको भूमिकाको विषयमार नगरबासीहरूको आर्थिक विकासको निम्ति सहकारीहरू सदैव अग्रसर रहेको र कागेश्र्वरी मनोहरा नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गर्ने उद्देश्यका साथ छलफल सम्पन्न् भयो ।

कार्यक्रमका छलफल

– आ.व. २०७६÷७७को लागि सहकारीकाविभिन्नगतिविधिहरु सञ्चालनार्थ आवश्यक बजेट विनियोजनकालागिकागेश्वरी मनोहरा नगरपालिकालाई अनुरोध गर्ने ।

– कागेश्वरी मनोहरा नगरपालिकाभित्र सञ्चालित ४४ वटा सहकारी संस्थाहरुको अनुगमनप्रभावकारी रुपमाहुनु पर्ने विषयमा सम्बन्धितनिकायले विशेष जोडदिनु पर्ने ।

– सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुमाझ सरल, सुलभ तरिकबाट कार्य सञ्चालनगर्न,  संख्यात्मकविकास भन्दापनि गुणात्मक विकासको लागिआवश्यकभूमिकानिर्वाह गर्न, एक व्यक्ति एक सहकारीलाई पूर्ण रुपमापालनागर्नको लागिहालनगरपालिकाभित्र सञ्चालित ४४ वटा सहकारीहरुको गतिविधिहरु अध्ययनगरि केहि सहकारी संस्थाहरुबीचएकीकरणको लागि सम्बन्धित वडा कार्यालय मार्फत नगरपालिकाले आवश्यक गृह कार्य गर्नुपर्ने ।

– सहकारी संस्थाहरुले सम्पत्ति शुद्धिकरणको निमित्तजारी भएको नियम, कानूनलाई पूर्ण रुपले पालनागर्ने प्रतिबद्धता जाहेर गरियो ।

– नगरपालिकाले सहकारीलाई व्यवसायको रुपमादर्ता गर्नको निमित्तकायम गरेकोशुल्क धेरैभएको हुनाले उक्तशुल्कलाई घटाउनकोलागि सम्बन्धितनगरपालिकालाई अनुरोध गर्ने ।

– शेयर सदस्यहरुको पारिवारिक सुचनालाई प्रभावकारी रुपमाकार्यान्वयनको लागि नेपाल सरकारले ल्याएको COPOMIS System लाई यथाशीघ्र कार्यान्वयनमाल्याउने ।

– नगरपालिकाभित्रका सबैजसो वडा कार्यालयहरु सार्वजनिकयातायातको सुविधाको दृष्ट्रिकोणले अत्यन्त पछाडि परेको हुनाले उक्तनगरपालिकाकार्यालयको आर्थिक अनुदान र नगरपालिकाभित्र रहेको सहकारी संस्थाहरुको सामूहिकलगानीमा सहकारी यातायात सञ्चालनगर्न छलफलको शुरुवातगर्ने निर्णय ।

– नगरपालिकाभित्रको सहकारी सम्बन्धीगतिविधिहरुलाई प्रभावकारी रुपमा सञ्चालनको लागि एउटा अधिकार सम्पन्न समन्वय समिति गठन गर्न नगरपालिकालाई अनुरोध गर्ने ।

– मासिकनियमित रुपमा फरक फरक सहकारी संस्थाहरुमा बैठक सञ्चालनगरि सम सामयिकविषयहरुमा छलफल गर्दै अगाडी बढ्ने निर्णय गरियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर