शिखर बजारमा ‘गलबन्दी च्यातियो’


असार ८  काठमाडौं । शिखर बजारकोे तेस्रो वार्षिकोत्सवको अवसरमा बिर्तामोडमा ‘गलबन्दी दोहोरी नाईट कार्यक्रम’ संचालन हुने भएको छ । देशकै गरीमा बेकेको दोहोरी सांस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए ।

यही असार २८ गते हुने कार्यक्रममा बिर्तामोडका ३ जना उद्योगीलाई सम्मान गरिने कार्यक्रम रहेको छ । निरन्तर लामो समयसम्म टे«न्डिङ नं १ मा रहन सफल दोहोरी गीत ‘गलबन्दी च्यातियो’ का गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको प्रस्तुती रहने छ ।बजारका सञ्चालक दिपेन्द्र राउतका अनुसार परिवारका लागि २ हजार ५ सय र एक जनाका लागि एक हजार दरका टिकट रहने र शिखर बजारमा २ हजार ५ सयको सामाग्री खरिद गर्दा एउटा टिकट निःशुल्क उपलब्ध गराइन छ ।

बिभिन्न समयमा सांस्कृतिक कार्यक्रम गरी रहने शिखर बजारले बजारको उद्घाटनको अवसरमा चर्चित गायक प्रमोद खरेलको एकल साँझ कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा पनि मिस नेपाल सुगारिका केसी, सञ्चारकर्मी राधाकृष्ण धितालल गायत उपस्थिते थिए । शिखर बजार र यसका सञ्चालकहरूले नेपालको गायन कला, सास्कृति र परम्परालाई विशेष प्राथमिकता दिंदै, उपभोक्तालाई गुणस्तरीय सामाग्री उचित मूल्यमा उपलब्ध गराउँदै आएको शिखर बजारले समय सापेक्ष ग्राहकहरूलाई आकर्षित गर्न विभिन्न कार्यक्रम र स्किम ल्याउँदै आएको छ । शिखर बचत तथा ऋण सहकारी संस्थाद्वारा संचालित शिखर बजारले बिर्तामोडमा आफ्नो नयाँ शाखा समेत स्थापना गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा कँडेल र वरिष्ठ उपाध्यक्षमा मल्ल निर्विरोध
जिल्ला सहकारी संघ लिमिटेड ललितपुुरको वार्षिक साधारण सभा सम्पन्न
‘सहकारी ऐन, नियमावली -२०७५’ विषयक कार्यक्रम सम्पन्न
बलम्बु च्याउँ सहकारी संस्थाको कारोबार आफ्नै भवनबाट शुरु