बनेपामा नारी चेतना सहकारी संस्थाहरुको अन्तरक्रिया कार्यक्रम


काठमाण्डौं । नारी चेतना केन्द्र नेपालको आयोजनामा मिति २०७६ असार ६ गते बनेपामा नारी चेतना सहकारी संस्थाहरु एकिकरण र भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको प्रमुखआतिथी सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्रार्चाय उपेन्द्र बहादुर ढुङ्गाना हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता नारी चेतना केन्द्र नेपालका अध्यक्ष सृजना पौडेलले गर्नुभएको थियो ।

सहकारी एकिकरणको नाममामहिला सहकारीहरुलाई अनावश्यकदवावआउनथालेकोकारण नारी सहकारी संचालक र कर्मचारीहरु आफ्नो अस्तित्व मेटिनेभएले राप र तापमा रहेको अवस्थामा नारी चेतना केन्द्र नेपालप्रवर्धित सहकारीहरुलाई एकिकृत गर्न र भावी रणनीति तय गर्न कार्यक्रमआयोजना गरेको अध्यक्षपौडेलले जानकारी गराउनु भयो। अन्र्तकृया कार्यक्रमम ाप्रमुख अतिथि उपेन्द्र बाहादुर ढुङ्गानाले सहकारी संघ संस्थाएकिकरण सम्बन्धी कार्य विधि २०७०,सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ माभएकाएकिकरण सम्बन्धिव्यवस्थाहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहकारी एकिकरणका जानकार व्यक्तित्वचित्र भण्डारीद्वारा युनाईटेड फ्रेन्डसिप सहकारी जिरीको एकिकरण अनुभव सुनाउनु भएको थियो ।

साथै कार्यक्रमा सहभागीहरुले सहकारी एकिकरण प्रकृया, एकिकरणमा राख्नु पर्ने शर्त र कार्यविधिकाविषयहरु तथाएककिरणको साधारण सभामा प्रस्तुतगरिने विषयहरुको वारेमा जिज्ञाशाहरु राख्नु भएको थियो । कार्यक्रममा बोल्दै नारी चेतना केन्द्र नेपालका संस्थापक अध्यक्ष प्रतिभा सुबेदीले कुनै समय छोराछोरीको स्कुल शुल्क तिर्न नसकेर एक सय रुपैयाँका लागि घरका पुराना अंखोरा, बाटा र थाल धितो राख्ने महिलाहरुको जीवनमा सहकारीले आमूल परिवर्तन ल्याएको तर महिलाको यही सफलतामा करोडौंको कारोवार गर्ने धनवान पुरुषको बोलवाला भएका सहकारीहरुले आखां लगाउन थालेको कारण महिला सहकारीहरु एकहुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

सहकारीको संधर्षका कथाहरु सम्झदै कल्याणकारी नारी चेतना सहकारीका अध्यक्ष प्रभा लामा लगाएतले जतिनै कर गरे पनि महिलाको अस्तित्व पुरुषको सहकारीमा जादा विलिन हुने हुदा एकिकरण भएमा नारी सहकारीहरुसंग मात्रहुने विचार राख्नु भएको थियो । कार्यक्रममा नारी चेतना केन्द्र नेपाल प्रर्वधित २५ वटा सहकारीका करिव ९० जनामहिलाहरुको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर