मुगुमा सहकारी सञ्चालन तथा ऐन नियम सम्बन्धी तालिम सम्पन्न


काठमाडौं । मुगु जिल्लाको गमगढीमा दुई दिवसीय सहकारी सञ्चालन तथा ऐन नियम सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको व्यवस्थापन सहयोग र नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतको आयोजनामा तालिम सम्पन्न भएको हो ।

नेफ्स्कूनका सञ्चालक यज्ञ प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त तालिमको उद्घाटन सत्रमा प्रमुख आतिथ्यता प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख राजु बस्नेतले गर्नुभएको थियो ।

तेस्तै विशिष्ट अथिति छाँयानाथ रारा नगरपालिकाका उप मेयर सुन्तला रोकाया र सहकारी महाशाखा बरिष्ठ अथिकृत संगिता खड्का रहनु भएको थियो र अन्य अतिथिहरुमा जिल्ला बचत संघका कोषाध्यक्ष हरी बहादुर शाही, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष दान बहादुर बुढा रहनु भएको थियो ।

उपमेयर रोकायले मुगुका सहकारी संस्थाहरुको अवस्था नाजुक छ, सहकारी संस्थाको क्षमता विकासमा नेफ्स्कूनले विशेष ध्यान दिनुपर्ने बताउँदै सहकारीको विकास र प्रबद्र्धनका लागि नगरपालिकाबाट आवश्यक बजेट विनियोजन गर्ने र संघ संग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । संघका संचालक ढकालले सबै संघ संस्थाहरु नीति, विधि र प्रविधि अनुरुप संचालन हुनुपर्ने, सदस्य मैत्री सेवाप्रवाहमा जोड दिनुपर्ने र जो कसैलाई पनि सहकारी ऐन र नियमावलीको मर्म विपरित जाने छुट नहुने धारणा राख्नुभयो ।

सहकारी महाशाखाका प्रमुख बस्नेतले सहकारी डिभिजन कार्यालय खारेजी भए संगै सहकारी संघ संस्थामा अन्यौलता छाएको र सहकारी संस्थाहरुलाई परिवर्तित ऐन नियमको जानकारी समेत हुन नसकेको अवस्थामा नेफ्स्कूसँगको सहकार्यमा आयोजित यस प्रकारका तालिमहरु उपयोगी हुने बताउनुभयो । साथै उहाँले आगमी दिनहरुमा पनि मन्त्रालयले यस्ता कार्यक्रमहरु सञ्चालन गदै जाने र स्थानीय निकाय र अभियानले पनि सहकारी संस्थाहरुको दीगो विकासका लागि एकजुट भएर काम गर्दैजानुपर्ने धारणा राख्नु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर