उपलब्धि सहकारीको १२ औँ स्थापना दिवस उदाहरणीय कार्यक्रम गरेर मनाइयाे


काठमाडौँ, ८ साउन । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लि.को १२ औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको छ । यसै अवसरमा संस्थाले एक कार्यक्रम गरी साहित्यका विविध विधामा योगदान पुर्याउनुभएका साहित्यिक स्रष्टालाई सम्मान र संस्थामा आवद्ध एसईई उत्तिर्ण विद्यार्थीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्यो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले हरेक सहकारी समाजसँग जोडिने भएकाले यसको क्षेत्र व्यापक रहेको धारणा राख्नुभयो । साहित्यको क्षेत्र सर्वव्यापक रहेको भन्दै बडालले उपलब्धि बहुउद्देश्यीय सहकारी वास्तवमै बहुउद्देश्यीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘बहुउद्देश्यीय सहकारीलाई लिएर तथानाम गाली गर्नेहरुकालागि उपलब्धि बहुउद्देश्यीय सहकारीका काम गतिलो झापड हो ।’

उहाँले जापान पनि सहकारीकै क्षेत्रबाट विकसित भएकाले प्रकृतिको सही उपयोग गर्न जाने देशले विकासको गति लिने धारणा राख्नुभयो । यसैगरी विशेष अतिथिको मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष एवम् आइसिए ग्लोबल बोर्डकी सदस्य ओमदेवी मल्लले साहित्यको क्षेत्रमा उपलब्धिको योगदान उल्लेखनीय रहेको बताउनुभयो । उहाँले यो सहकारीबाट अरुले पनि काम गर्ने तरिका सिक्नुपर्ने बताउनुभयो ।

विशेष अतिथिको मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् उपलब्धि सहकारीका सल्लाहकार चन्द्रप्रसाद ढकालले उपलब्धिले साहित्यलाई प्राथमिकता दिएकोमा खुशी व्यक्त गर्दै पुरस्कृत सबैलाई बधाई ज्ञापन गर्नुभयो ।

वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमले उपलब्धिले साहित्यलाई माया गरेकोमा खुशी व्यक्त गर्दै आफूले स्थापना गरेका पुरस्कारहरु सम्बन्धी सम्पूर्ण कार्य व्यवस्थापन गरिदिएकोमा उपलब्धि सहकारीलाई हार्दिक धन्यवाद प्रदान गर्नुभयो ।

पुरस्कृत व्यक्तिको बारेमा साहित्यकार एवम् उपलब्धि साहित्य विकास समितिका संयोजक रोशन थापा ‘नीरव’ले प्रकाश पार्नुभएको थियो । पुरस्कृत हुनेमा दीपगोविन्द स्मृति पुस्कारबाट गोपाल अश्क र अम्बिका अर्याल, ध.च. गोतामे स्मृति सम्मान–२०७६ बाट रमेश गोरखाली, गोपाल गोतामे स्मृति सम्मानबाट पत्रकार विमल आचार्य हुनुहुन्छ । पुरस्कृत व्यक्तित्वहरुलाई प्रमख अतिथि एवं विशेष अतिथिहरुले प्रमाणपत्र, माला एवं नगद प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याउने उपलब्धि सहकारी सदस्यका सन्ततिलाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिलाई कार्यक्रमका अध्यक्ष देवराज शर्माले मायाको चिनो प्रदान गर्नुभएको थियो । विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुको उपस्थिति सहित भव्य रूपमा सम्पन्न कार्यक्रमको सहजीकरण सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का कार्यकारी प्रमुख प्रकाश थापाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर