सहकारीहरूको संस्थागत विकासमा सहकारी बैंकले मद्दत गर्नेः के.बी. उप्रेती


राष्ट्रिय सहकारी बैंकले वार्षिक समिक्षा तथा योजना तयारी सम्बन्धमा पोखरामा गोष्ठी सम्पन्न गरेको छ । सहकारीहरूको दिगो र संस्थागत विकासको लागि सहकारी बैंक सदैव लागी परेको र आगामी दिनमा अझै सशक्त रूपमा लागि पर्ने योजनाका साथै गोष्ठी सम्पन्न गरेको हो ।

उक्त गोष्ठीमा बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी क्षेत्रलाई सफल र प्रतिफलमुखी बनाउनका लागि बैंकले निरन्तर रूपमा सहयोगी भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा सहकारीको संस्थागत विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी एक सहकारी एक सेवा लिने अवस्था सिर्जना गर्ने, सहकारीहरूको संस्थागत विकाससँगै सुशासनमा सुधारका लागि सहयोग गर्ने, सदस्य संघ संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, सहकारीहरूको स्तरीकरण कार्यक्रमलाई प्रभावकारी बनाउने, कर्मचारी व्यवस्थापनलाई दक्ष र सशक्त बनाउन बैंकले सहयोग पुर्याउने भएको छ ।

गोष्ठीमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले गत आर्थिक वर्षमा बैंकले लिएको लक्ष्य पुरा गरेको र चालु आर्थिक वर्षको लक्ष्य पुरा गर्नका लागि सबै शाखा प्रमुख लगायत कर्मचारीहरूलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा लाग्न समेत निर्देशन दिए । बैंकका ४४ वटै शाखाका प्रमुखहरूले आफ्नो शाखाले गरेको प्रगति, चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्य र आगामी दिनमा थप प्रभावकारी सेवा संचालन सम्बन्धमा आ-आफ्नो धारणा राखेका थिए ।

बैंकमा हाल ११ हजार १ सय २५ शेयर सदस्य, १ अर्ब ५८ करोड शेयर रकम, २८ अर्ब निक्षेप, १९ अर्ब ६० करोड कर्जा लगानी रहेको छ । चालु आर्थिक वर्षको अन्तयसम्म २ अर्ब शेयर रकम, ३७ अर्ब निक्षेप,२७ अर्ब कर्जा लगानी गर्ने लक्ष्य बैंकको रहेको छ ।

गोष्ठीमा गत आर्थिक वर्षको यथार्थ अवस्था र चालु आर्थिक वर्षको वार्षिक समीक्षा तथा योजना सम्बन्धमा छलफल गर्दै बैंकले प्रदान गर्ने सेवाहरू सबै सदस्य संस्थाहरूमा पुर्याइ सहकारी क्षेत्रलाई प्रभावकारी बनाउने योजनाका साथ बैंकका आगामी कार्यक्रम संचालन गर्ने निष्कर्ष निकालेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर