राष्ट्रिय सहकारी बैंकको ४४ वटै शाखामा १७ औं स्थापना दिवसमा छुट्टा छुट्टै कार्यक्रम


राष्ट्रिय सहकारी बैंकले केन्द्रिय कार्यलय सहित आफ्ना सबै शाखाहरूमा १७ औं स्थापना दिवस कार्यक्रम गरी सम्पन्न गरेको छ । दिउसो आफ्नो ४४ वटै शाखाहरूमा गोष्ठि सकिएपछि साँझ बैंकको केन्द्रिय कार्यलयको आयोजनामा काठमाडौंमा,’सहकारीका लागि विद्धयमान कानुन; अवसर चुनौति’ विषयक गोष्ठि सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको उद्घाटन उप-प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गर्नु भएको थियो भने बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षतामा गोष्ठि सम्पन्न भएको थियो । नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आइतबार साँझ स्थापना दिवसको उद्घाटन गर्दै सहकारीमार्फत मुलुकमा देखिएका गरिवी, बेरोजगारीलगायतका समस्या समाधान गर्न सकिने भएकाले कानुनी झन्झटहरुलाई व्यवस्थापन गर्न सरकारले कदम चाल्ने बताए । उनले सहकारीलाई कृषि उत्पादन बृद्धि गराउनका लागि उपयोग गर्न सकिने बताउँदै भने, ‘गरिवीको अन्त्यका लागि सबैभन्दा अचुक सस्त्र भनेकै सहकारी हो ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीलाई निषेध गरेर समग्र देश विकासको परिकल्पना गर्न नसकिने बताए । उनले वित्तिय कारोबार गर्ने मात्र सहकारी भन्ने बुझाई गलत भएको बताउँदै शिक्षा, स्वास्थ्य, विमा,संचार,उपभोक्ता, कृषिलगायत यावत क्षेत्रमा सहकारीको मोडेलमार्फत अगाडि बढ्नका लागि सरकारले कानुनी अड्चनलाई हटाउनेमा आफ्नो विश्वास रहेको बताए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले बैंकले स्थापना दिवसको अवसरमा ४४ ठाउँमा आयोजना गरेको कार्यक्रममा सहकारीका अभियान्ताहरुले कानुनी जटिलता हटाएर सहकारीलाई उत्पादनमा सहज रुपमा जोड्नुपर्ने माग समेत  गरेको बताए ।

त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि. की उपाध्यक्ष ओमदेवी मल्लले सहकारीलाई अफ्ट्यारा पार्ने कानुन शंसोधन गरी यिनलाई सहकारी मैत्री बनाउनु पर्नेमा जोड दिए । तेस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले बैंकले स्थापना दिवसको अवसरमा सहकारीलाई राम्रो बनाउन देशभरबाट सुझाव संकलन गरि कानुनमा संशोधनका लागि बहस पैरवी गर्न राष्ट्रिय सहकारी महासंघसाग समन्वय गरेर अगाडि बढ्ने बताए । 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?