सन्दर्भ ब्याजदर सम्बन्धी अन्तरक्रिया कार्यक्रम


काठमाडौं, २३ श्रावण । सन्दर्भ ब्याजदरको विषयलाई लिएर काठमाडौंमा “सहकारीको स्वायत्तता र स्वतन्त्रता मा सन्दर्भ ब्याजदर” विषयक कार्यपत्र प्रस्तुत सहितको बृहत अन्तरक्रिया कार्यक्रम भएको छ । काठमाडौं जिल्ला सहाकारी संघ, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ, र काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ को आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सन्दर्भ ब्याजदर निर्धारण समितिमा रहेका राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्षमिनराज कंडेल , बहुउद्देश्यीय केन्द्रिय संघका अध्यक्ष सुरेन्द्र भण्डारी , नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष डि.बि बस्नेतको उपस्थिति रहेको थियो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेती तथा आयोजक ३ वटै जिल्ला संघका अध्यक्षहरूको उक्त कार्यक्रममा सहभागिता रहेको थियो । काठमाडौँका प्रारम्भिक सहकारी संस्थाका पदाधिकारीहरूको
बृहत् उपस्थिति रहेको उक्त कार्यक्रममा समितिमा रहेका अभियन्ता प्रति सहभागीहरूले चरम असन्तुष्टी र रोष प्रकट गरेका थिए । भोलि ललितपुर जिल्ला संघले समेत सन्दर्भ ब्याजदरकै विषयमा यस्तै किसिमको कार्यक्रम आयोजना गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर