सम्पत्ति शुद्धीकरण निवारण अभिमुखिकरण तालिम सम्पन्न


२०७६ श्रावण २५ गते  शनिवारका दिन ललितपुरको चापागाउँ स्थित “सम्पत्ति शुद्धीकरण निवारण” सम्बन्धी अभिमुखिकरण विषयक १ दिने तालिम सम्पन्न भएको थियो।

ललितपुर जिल्ला चापागाउँमा अवस्थित बृहत प्रतिफल बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ लि. को समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा २३ जनाको सहभागीता रहेको थियो ।सहभागी हुनेहरूमा बृहत प्रतिफल बहुउद्देश्यीय सहकारी संस्थाका संचालक समिति, लेखा समिति, उप-समितिका पदाधिकारीहरू,प्रशिक्षक तथा नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ लि. का कर्मचारीहरू समेत थिए ।

 सहकारी संस्थाहरूले सम्पत्ति शुद्धीकरण विषयमा आफ्नो स्थानीय निकायमा पेश गर्नुपर्ने प्रतिवेदनको तयारी सम्बन्धमा छलफल हुनुका साथै यस तालिममा सम्पत्ति शुद्धीकरण निवारण विषयमा जानकारी दिने कार्य समेत भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?