नारी जागरण बचत तथा ऋण संस्थाको २१ औं वार्षिक साधारण सभा हुने


२०५३ श्रावण २८ गते काभ्रेपलाञ्चोकको नालामा स्थापना भएको महिला जागरण समूहले आफ्नो स्थापना कालको २४ औं वर्ष पूरा गरेको छ । कुनैपनि संघ संस्थाको चहलपहल नभएको अवस्थामा जाँड रक्सी विरूद्धको आन्दोलन गर्दै सुरू भएको सानो समुहले प्रोढ कक्षा, सिलाई बुनाई कार्यक्रम तथा बाख्रापालन जस्ता आयमूलक पक्षमा पनि विभिन्न कार्यहरू विस्तार गर्दै आएको थियो । महिलालाई सवल र सक्षम बनाउनको लागि बचत गर्नु आवश्यक भएको महसुस गर्दै आफ्नो समूहबाट बचत गर्न सुरू गरेको यस महिला जागरण समूहबाट स्तरोन्नति भएर २०५५ सालमा नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो । उक्त संस्थाले यहि श्रावण ३२ गते आफ्नो स्थापनाकालको २४ औं वार्षिकोत्सव  मनाउँदै छ ।

 संस्थाका अध्यक्ष निर्मला श्रेष्ठका अनुसार महिला जागरण समूहले आफ्ना कार्यहरू विभिन्न रूपमा जिल्लाभरी नै सञ्चालन गर्दै आएको छ । काभ्रेपलाञ्चोक जिल्लाभरी बि.बि.सी. को सहयोगमा महिनावारी र यसको व्यवस्थापन को कक्षा सञ्चालन गर्दै आएको र यस संस्थाले सेवा नेपालको सहयोगमा पर्यावरणीय न्यायमा महिलाको पहुचका लागि अर्ग्यानिक अभियान चलाएको छ, जस अन्तर्गत जागरण लप्सी क्याण्डीको उत्पादन गर्ने, विभिन्न सीपमूलक तालिमहरू दिने, साथै कुखुरापालन व्यवसाय समेत गर्दै आएको छ । त्यस्तै यस समुहले साप्ताहिक रूपमा परिवार नियोजन क्लिनिक समेत सञ्चालन गर्दै आएको छ ।

 महिला जागरण समूहको वार्षिक उत्सवका उपलक्ष्यमा यस संस्थाद्वारा शुरूआत गरिएको नारी जागरण बचत तथा ऋण संस्थाको २१ औं वार्षिक साधारण सभा मिति २०७६ श्रावण ३२ गते विहान ११:३० बजे श्री चामुण्डा पार्टी भेन्यू, बनेपा न.पा-४, काभ्रेमा हुने भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?