तीज विशेष कार्यक्रम सम्पन्न


माता दुर्गा देवी बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्ना महिला सदस्यहरूको लागी तीज विशेष कार्यक्रम चन्द्रागिरि नगरपालिका ८ मा हिजो सम्पन्न गरेको छ । उक्त संस्थाको अध्यक्ष सुरक्षा रिजालको सभापतित्वमा कार्यक्रमको आयोजना गरिएको थियो ।

 

“संस्कृति जगेर्नाको नाउँमा उताउलो र भड्किलो बन्दै गएको तीज कार्यक्रमलाई हामीले सानो खर्चमा आफ्नै कार्यालयमा सम्पन्न गरेका छौँ” अध्यक्ष सुरक्षा रिजालले भन्नुभयो । सहकारीमा आबद्ध भएका सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि यस्ता कार्यक्रमको आयोजना गर्दै आएको संस्थाका व्यवस्थापक भरत प्रसाद आचार्यले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर