सहकारीमा एकिकरण विषयक बहस हुने


‘सहकारीमा एकिकरण’ विषयमा २०७६ भदौ ५ गते नेपाल सहकारी पत्रकार समाजले सहकारी विभागको सहकार्यमा सरोकारवालाहरूसँग बहस कार्यक्रम गर्ने भएको छ । नेपालमा सहकारीहरूको संख्या ३५ हजारको हाराहारीमा वृद्धि भएसँगै गुणात्मक वृद्धि पनि आवश्यक भएको महसुस गर्दै सहकारीको एकिकरण विषयमा बहस गर्नको लागि कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम यही भाद्र ५ गते विहीबार १२:३० बजे सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँबानेश्र्वर, काठमाडौंमा पद्धमाकुमारी अर्याल; मन्त्री भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालय, केशव बडाल; अध्यक्ष राष्ट्रिय सहकारी महासंघ, गोपिनाथ मैनाली; सचिव भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालय, र डा.टोकराज पाण्डे; रजिष्ट्रार, सहकारी विभाग आदिको उपस्थितिमा सञ्चालन हुने भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर